एकादशी भनेको के हो ?

सत्य युगमा एक मुर नाम गरेको भयङ्कर दानव थियो | ऊ अत्यन्त रिसाह , बलमान तथा अत्याचारी पनि थियो| उसले समस्त देवी-देवतालाई त्रासित बनाएको थियो | उसले सम्पूर्ण देवताहरुलाई परास्त गरेर तितरवितर पारिदिएको थियो| यस्तैमा अन्तत स्वयम् विष्णु भगवान नै उसको सामना गर्नु पर्यो र उसंग हजारौँ वर्ष युद्ध गर्नु पर्यो | तैपनी उसलाई परास्त गर्न स्वयम् भगवानलाई पनि गार्हो भयो र अन्तत: उहाँ बद्रीका आश्रम स्थित हिमावती गुफामा गएर बस्नु भयो भने उक्त दानवले पच्छयाउदै गुफामा नै पुग्यो | उसले आज यो दैत्यको शत्रु विष्णुलाई मार्छु भन्ने योजना बनाउदै थियो त्येतिकैमा विष्णु भगवानको शरीरबाट अत्यन्त उज्वल वर्णकी युवती उत्पन्न हुनुभो र उक्त राक्षससंग युद्द गरेर उसलाई मारिदिनुभयो | जब विष्णु भगवान व्युँझिनु भयो उहाँले आफ्नो अगाडी मरेको  मुर दानव र अत्यन्त उज्वल युवतीलाई देख्नु भयो | उक्त युवतीसंग खुसी भएर भगवानले उहाँलाई वरदान दिन चाहनुभयो र वरदान माग्न भन्नुभयो | अनि उहाँ (युवती) ले जो व्यक्ती यस एकादशीको दिनमा ब्रत गर्दछ उसको समस्त पाप नाश हुने तथा यस लोकमा पनि मंगल भएर उहाँको धाम प्राप्त गर्न सक्ने बरदान माग्नुभयो र भगवानले सोही वरदान दिनु भयो | त्यो दिन कृष्ण पक्षको एघारौँ दिन थियो र त्यस दिन उक्त युवती भगवानको शरीर बाट उत्पन्न भएकाले उहाको नाम एकादशी रहन गयो |
अन्य थप जानकारीको लागि कृपया प्रतीक्षा गर्नुहोला | आगामी दिनमा एकादशी व्रत कसरी गर्ने , यसका वैज्ञानीक फाइदाहरू के के छन् , एकादशी व्रत बस्नु स्वास्थ्यका लागि कस्तो छ? एकादशी सन्दर्भमा यस क्षेत्रका विज्ञहरु के भन्नुहुन्छ आदि सामग्री लिएर आउने छौं |
सम्पूर्ण जानकारी यथासक्य छिटो प्राप्त गर्न निम्न लिंक क्लिक्क गरेर लाइक गर्न नबिर्सनुहोला : (For Up To Date Information Please Like Our Facebook Page) : www.facebook.com/krishnaupdate

 ...............................................................................................................
Want to read in English about Ekadashi? Then follow the following link ( External link):
http://www.iskcondesiretree.net/page/who-is-ekadasi

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das