पुरुषोत्तम महिना

पुरुषोत्तम महिना सम्पूर्ण महिनाहरुभन्दा महत्वपूर्ण एवम् पावन छ। यदि कसैले पनि यो महिनाको ब्रत राम्रोसंग गर्छ भने उसको यसै जीवनमा पनि मंगल र यसपछि भगवद् धाम जाने सुनिश्चित हुन्छ।  
के हो यो पुरुषोत्तम महिना भनेको?
धेरैलाई  पुरुषोत्तम महिना भनेको के हो भन्ने पनि थाहा नहुन सक्छ । भन्नेले यो महिनालाई मलमास भन्ने गर्छन्  भने यो महिनालाई अधिक मास पनि भन्ने गरिन्छ।  प्रत्येक २ वा ३ बर्षमा एउटा महिना बढि हुन्छ। यहि महिनानै वास्तवमा  पुरुषोत्तम महिना हो ।
 
किन त यो  पुरुषोत्तम महिना अरु महिनाभन्दा विषेश ?
वर्षमा १२ वटा महिना हुन्छन् र ती प्रत्येक महिनाको कुनै न कुनै देवीदेवताले नेतृत्व तथा सुरक्षा गर्ने गर्दछन्। तर, यो अधिक महिना अपनाउन कसैले पनि मानेनन्। यो महिना साह्रै उपेक्षित बन्न पुग्यो। अन्ततः स्वयम् पुरुषोत्तम भगवान श्रीकृष्णलेनै यो महिनाको जिम्मा लिनुभयो र यो महिनालाई स्वयम् उहांजस्तै बनाईदिनुभयो र वरदान दिनुभयो। अतः पुरुषोत्तम महिना सम्पूर्ण महिनाहरुमध्ये सर्वाधिक महत्वपूर्ण महिना बन्न पुग्यो।  
पुरुषोत्तम महिनामा के गर्ने?
१ पुरुषोत्तम महिनामा पुरुषोत्तम  भगवान श्रीकृष्णको पुजा गर्नुपर्दछ। राधाकृष्णको सेवा गर्नुपर्दछ।
२ पुरुषोत्तम  भगवान श्रीकृष्णको नाम जप गर्नुपर्दछ। हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे , हरे राम हरे राम राम राम हरे हरे :  यो महामन्त्रको जप गर्नुपर्दछ। भगवानको नाम जप अरु बेलाभन्दा अधिक गर्नुपर्दछ। 
३ पुरुषोत्तम  भगवानलाई गाईको शुद्ध ध्युको दीप चढाउनु पर्दछ।
४ दैनिक रुपमा भगवद् गीता (विषेश्ात १५ औं अध्याय)  तथा भागवतम् पाठ गर्नुपर्दछ। आदि।
(* पुरुषोत्तम महिनाको पूर्ण लाभ उठाउनुहोस्। यो महिना (यो सालको भाद्र महिनामा  ) पुरुषोत्तम  महिना हो।)

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das