दुधको भाँडामा दुईवटा भ्यागुता

कथा :
कुनै समयमा दुईवटा भ्यागुताहरु अकस्मात दुधको भाँडामा खस्न पुगे।
र, दुवै भ्यागुताहरु डुब्नै लागेका थिए त्यैपनि दुबै भ्यागुताहरु केहि समय बाँच्नका लागि संघर्ष गरिरहे।
त्यसपछि एक भ्यागुताले आशा छाड्यो र डुबेर मर्यो तर अर्को भ्यागुतोले बाँच्ने आशा राखिरहयो। दुघमा खुट्टाले हान्दै संघर्ष गरिरहयो एकदमै प्रतिकुल अवस्थामा पनि।

त्यसरी दुधमा लगातारको प्रहारका कारण उक्त दुध सतह एकदमै साह्रो नौनी घ्यूमा परिवर्तन भयो। जबकि भ्यागुतालाई दुध नौनी घ्यूमा परिवर्तन हुन्छ भन्ने कुरा थाहै थिएन। अनि त्यहि नौनी घ्यूमा टेकेर भ्यागुतो भाँडाबाट उर्फियो र बाहिर निस्कन सफल भयो। 

यसरी एउटा भ्यागुतो प्रतिकुल अवस्थामा बाँच्ने संकल्पमा दृढ रहयो र जीवन बचाउन सफल भयो भने अर्को भ्यागुतोले आशा मार्यो र जीवन गुमायो।

सन्देश : हामी पनि कृष्णभावनामा सदैव दृढ रहनु पर्छ।

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das