कथा : चार गोरु र एक सिंह :------

कुनै समयमा एक ठाँउमा चारवटा गोरुहरु बस्दथे। उनिहरुबिच एकदमै राम्रो सम्बन्ध थियो। त्यसैले उनिहरु जंगलमा घाँस खाना (चर्न) जाँदा सँगसगै जाने तथा सगँसगै चर्ने गर्थे।

त्यस जंगलमा एक सिंहपनि बस्ने गर्दथ्यो। उसले ती गोरुहरुलाई टाढाबाट नियाल्ने गर्दथ्यो र आक्रमण गरि खाने सोच्दथ्यो तर ती गोरुहरुको एकता देखेर आफू स्वत: हार्ने ठानी उनिहरु एकसाथ भएको बेलामा आक्रमण गर्ने हिम्मत गर्दैन्थ्यो।

सिंह ती गोरुहरुलाई खान निकै खोजिरहेको थियो। अन्तत: उसले एउटा योजना बनायो।

ऊ लुकिलुकी ती गोरुहरु नजिकैको झाडीमा लुकेर एकअर्का गोरुको बारेमा नराम्रो अफवाह फैलाउँदै गयो। उसले ति गोरुको आवाजमा अरु गोरुको विपरितमा भ्रामक आवाज निकाल्ने गर्दथ्यो। ती गोरुले साँच्चिनै आफ्नै साथीले आफूलाई त्यसतो भनेको ठान्न पुगे जबकी त्यो काम धूर्त सिंहको थियो।

त्यसले गर्दा ती गोरुहरुलाई एकअर्काप्रति विश्वास घट्दै गयो र उनिहरु एकअर्काबाट छुटि्टएर ( टाढा भएर ) चर्न थाले।
सिंह यसैका लागि पर्खेर बसेको थियो। उसले ती गोरु एक्ला एक्लै भएको मोका पारेर मार्यो र खायो।

सन्देश : कृष्णभावना संसारभरि नै सफल रुपमा फैलुनु पछि भक्तहरुको एकता एवम् आपसी समझदारीको सबैभन्दा ठूलो हात छ। तर कहिलेकाहीँ कृष्णभावनालाई हानी पुर्याउन चाहने गलत व्यक्ति तथा संस्थाले कृष्णभावना अभियानलाई रोक्नका लागि यसै कथाको धूर्त सिंहको जस्तो षडयन्त्र बुन्न सक्छन्। यदि हामी पनि ती गोरुजस्तै बनेर यस्ता अफवाहका पछि दगुर्यौ र कृष्णभक्तिको एकता तथा समझदारीमा रहन सकेनौँ भने हाम्रो हालत पनि तीनै गोरुको जस्तो नहोला भन्न सकिन्न। अत: भक्तहरु सदा एकतामा रहनुपर्छ अनिमात्रै मायाले आक्रमण गर्न सक्दैन ।

Source : www.facebook.com/iskconvisa

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das