BREAKING NEWS
blog

728x90

header-ad

468x60

header-ad

कविता/ गजल :- ( सुबास भण्डारी , बाग्लुंग )

कविता/ गजल :-  ( सुबास भण्डारी , बाग्लुंग )
कृष्ण प्रसाद खान पाए अरु कुनै इच्छा छैन 
फलफुलका दाना पाए अरु कुनै इच्छा छैन
हरे कृष्ण हरे राम भन्दा भन्दै मुक्ति पाई
भागवत धाम जान पाए अरु कुनै इच्छा छैन
 
सत्य तथ्य ज्ञान सगै हजुरको वर्णन गर्नै
ती शास्त्रका पाना पाए अरु कुनै इच्छा छैन

जहाँ जे गर्दा पनि हजुरको नाम लिने गर्छु
हजुरको ज्ञान पाए अरु कुनै इच्छा छैन

कृष्ण प्रसाद खान पाए अरु कुनै इच्छा छैन
फलफुलका दाना पाए अरु कुनै इच्छा छैन

« PREV
NEXT »