खै त परिवर्तन? (भाग १ )

प्रदीप भण्डारी :-
 आजभन्दा करिव दुई वर्ष अघि म त्रिपुरेश्वरको आई वाई एस ( IYS ) केन्द्र भिसामा प्रवचन सुन्दै थिएँ। प्रवचन श्रीमान् पतृ प्रभुजीले दिँदै हुनुहुन्थ्यो। उहाँ भन्दैहुनुहुन्थ्यो- 'Information , Information , Information But No Transformation '. अर्थात सूचना सूचना सूचना तर परिवर्तनविहीनता। प्रभुजीले अरु थुप्रै कुरा भन्दै भक्तहरुमा निकै उत्साह थप्दै हुनुहुन्थ्यो तर मेरो मन केवल एउटै कुरामा अडकिएको थियो'Information , Information , Information But No Transformation ।
त्यसको केही दिनपछि मैले बाटोमा डिग्री पास गर्नुभएको एक दाईलाई भेटन पुगेँ। उहाँ रक्सीले मातेर काठमाडौको गोँगवु चोकमा हल्ला गर्दै बस्नुभएको थियो। के गर्नु चिनेजानेको मान्छे मैले उहाँलाई मेरो कोठामा लगेँ। उहाँ मेरो कोठामा सुत्नुभयो। ४ घण्टा जति सुतेपछि मात्रै उहाँ व्यूँझनु भयो। लाज मान्दै धारामा गएर मुख धोएपछि मेरो नजिकै आउनुभयो। त्यतीबेलासम्म उहाँलाई रक्सिले छाडेको थियो। हामी दुईबिच कुराकानी सुरु भयो। मैले उहाँलाई भनेँ , 'दाई तपाईजस्तो पढेलेखेको मान्छे  अझै डिग्री पास तर तपाई रक्सि पिउँदै हिँडनुहुन्छ। के तपाईलाई थाहा छैन् जाँड रक्सि पिउनु हुँदैन भनेर? तब उहाँ एकाएक भावुक बन्नुभयो र भन्न लाग्नुभयो  हेर भाई हाम्रो देशमा लगभग सबै युवायुवतीहरु पढेलेखेकै छन् र सबैलाई जाँड रक्सि पिउनु हुँदैन, जुवातास खेल्नु हँुदैन , व्यभिचार गर्नुहुँदैन आदि भनेर विद्यालयमा  प्ाढाईन्छ तर  यसो गर्ने अधिकांश यीनै शिक्षित युवायुवती नै छन् अनि तीमध्ये एक म पनि हूँ। के गर्ने विद्यालयमा दिईने त्यो शिक्षा वास्तवमा परिवर्तन ल्याउन नसक्ने किसिमको छ। नेपाल मात्रै होइन विश्वभरि नै यस्तो लहर छ। ओहो ४घण्टाअघि रक्सिमा चुर्लुम्मै डुबेका ती दाईका यस्ता भावुक तर वास्तविक कुरा सुन्दा म त छाँगाबाट खसेजस्तै भएको थिएँ। हो वास्तवमा हो , अहिले विद्यालयमा दिईने शिक्षा परिवर्तन ल्याउन नसक्ने किसिमको छ। ईस्कोनमा पतृ प्रभुले भनेजस्तै 'Information , Information , Information But No Transformation ।अहिले आएर मलाई वास्तवमै महसुस भएको थियो कि पतृ प्रभुले घरिघरि त्यो हरफ दोहोराउनुको कारण ( ईस्कोन संस्थापक आचार्य श्रील प्रभुपादले पनि यहि भन्नुहुन्थ्यो) र त्यसमा लुकेको तीतो सत्य। स्कूल कलेजमा पढाएको कुराले खै त व्यवहारिक जीवनमा सकरात्मक परिवर्तन ल्याएको? बरु झनझन नकरात्मक दिशातर्फ डोहोराएको महसुस हुन्छ। साँच्चिकै स्कूल , कलेजमा दिईने वर्तमान शिक्षा यस्तै छ'Information , Information , Information But No Transformation ।

भाग २ का लागि प्रतिक्ष्या गर्नुहोला  ।

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das