श्री चैतन्य महाप्रभुबारे शास्त्रीय प्रमाणहरु

श्रीचैतन्य महाप्रभु यस कलियुगमा स्वयम् भगवान श्रीकृष्ण नै स्वर्ण रंग धारण गरेर हरिनाम संर्कीतनका माध्यमबाट जीवहरुको उद्धारमात्र होईन सारा जगतभरमै सबैभन्दा दुर्लभ कृष्णप्रेम प्रदान गर्नलाई सन् १४८६ मा मायापुरमा अवतीर्ण हुनुभएको थियो। उहाँ स्वयम् भगवान श्रीकृष्ण हुनुहुन्छ। यो  कुनै काल्पनिक कुरा नभई सतप्रतिशत सत्य एवम् प्रमाणीक तथ्य हो।













निम्नानुसारका शास्त्रीय प्रमाणहरु आफै बोल्छन् :-
  • भगवान फेरी यस संसारमा आउनुहुनेछ। उहाँको नाम श्रीकृष्ण चैतन्य हुनेछ र उहाँले भगवानको  पवित्र नामको संकीर्तन तथा प्रचार  गर्नुहुनेछ। -----------( देवी पुराण )
  • हे महेश्वरी, भगवान श्रीकृष्ण स्वयं जो श्रीराधारानीका प्राणधन हुनुहुन्छ र जगतका नाथको रुपमा सृष्टि , पालन र संहार गर्नुहुन्छ  , उहाँ गौरको रुपमा प्रकट हुनुहुनेछ। -----------( अनन्त संहिता )
  • उहाँको प्रारम्भिक लीलामा उहाँ स्वर्ण रंगमा गृहस्थका रुपमा देखा पर्नुहुन्छ। उहाँका अंगहरु सुन्दर हुन्छन् र शरीर चन्दनका लेपले सजिएको पग्लिएको सुन झैँ देखिन्छ। उहाँको पछिल्लो लीलामा उहाँले सन्यास आश्रम ग्रहण गनुहुनेछ र उहाँ सबैलाई समान र शान्त हुनुहुन्छ। उहाँ शान्ति र भक्तिका परमधाम हुनुहुनेछ किनकी उहाँले निराकारवादी नास्तिकहरुलाई चुप लगाउनुहुनेछ।  -----------( दान धर्म पर्व , महाभारत )
  • कलियुगमा मनुष्यहरु श्रीकृष्ण कीर्तन नित्य निरन्तर गाइरहने भगवानको अवतारको आराधना गर्नेछन्। वहाँ आफ्ना पार्षदगण , सेवक , शस्त्र र अन्तरंग मित्रहरुसँग रहनुहुनेछ। -----------( श्रीमद्भागवतम् ११.५.३३ )
  • कलियुगको आरम्भमा म आफ्नो मौलिक दिव्य स्वरुममा नवदिप  मायापुरमा  म सचीदेवीको सुपुत्र बन्नेछु। ----------- ( गरुण पुराण ) 
  • कलियुगमा म गोलोक छोडनेछु र संसारका मानिसलाई बचाउन म सुन्दर र मोहक भगवान गौरांग बन्नेछु। ----------- ( मार्कण्डेय पुराण )
  • कलियुगमा म तीन नदीको त्रिवेणीमा अवलार लिनेछु। मेरो केश मुण्डन गरिएको हुनेछ। मेरो सुवर्ण रंग हुनेछ।म अत्यन्त दयालु हुनेछु र सँधै श्रीकृष्णको पवित्र नामको कीर्तन गर्नेछु।
  • हे देवता हो , कृपया तिमीहरु कलियुगमा पृथ्वीमा भक्तहरुको रुपमा अवतरित होऔ। म सचीका पुत्रका रुपमा अवतार लिई श्रीकृष्णको पवित्र नामको संकीर्तनको शुरुवात गर्नेछु। ( नारद पुराण ) 
  • म ब्राम्हणमध्ये श्रेष्ठ हुनेछु। म भक्तको रुपमा अनेकौं लीलाहरु गर्नेछु । म यस जगतका मानिसहरुको उद्धार गर्नेछु। ----------- ( वराह पुराण )
  •  हे प्रिय , फाल्गुण महिनाको पुर्णीमाको रातमा म स्वर्ण रंगमा जगन्नाथ मिश्रको घरमा प्रकट हुनेछु ----------- ( विश्वसर तन्त्र )  
  • त्यो कमलको फुलरुपी शहरको मध्यमा मायापुर नाम गरेको छ र मायापुरको  बिचमा अन्लद्धिप नाम गरेको ठाउँ छ। त्यस ठाँउमा भगवान श्री चैतन्य महाप्रभुको घर छ। -----------(चन्दोगग्य उपनिषद् )  
...................................................................................................................................................................
* आज ( ३/२७/२०११ ) चैतन्य महाप्रभुको अभिर्भाव दिवस ' गौर पुर्णिमा हो । सबैलाई गौर पुर्णिमाको हार्दिक शुभकामना '

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das