भगवान पावन नामको महिमा - कथा

नारदमुनि हरबखत भगवानको नामको अमृतपान गर्नुहुन्छ । एकचोटि उहाँले नारायण भगवानसँग उहाँका
पावन नामको महिमाको बारेमा लोकहितका लागि बताईदिन आग्रह गर्नुभयो । नारायण भगवानले नारदजीलाई कुनैपनि प्राणीको कानमा गएर उहाँको नाम सुनाउन अनि के हुन्छ हेर्न भन्नुभयो ।

नारदजी पृथ्वीमा आउनुभयो र नारायण भगवानले भन्नुभएको कुरा परिक्षण गर्न एउटा फोहोरी जुकाको कानमा भगवद्नाम सुनाईदिनुभयो । त्यो जुका
तत्क्षण नै मर्न पुग्यो । त्यसपछि भगवानले पुतलीलाई सुनाउन भन्नु भयो । नारदजीले सोही गर्नुभयो । त्यो पुतली पनि त्यहीँ मर्नपुग्यो । नारदजी अचम्ममा पर्नुभएको थियो । भगवानले फेरी पृथ्वीलोकको भर्खरै जन्मिएको मृगलाई उहाँको नाम सुनाउन भन्नुभयो । नारदजीले उक्त मृगलाई पनि भगवद् नाम सुनाउनुभयो । मृग पनि ठाउँको ठाउँमै म¥यो । त्यसपछि गोरु (बाच्छा) मर्यो   ।

 यसपछि एकदमै बिचलित भएर नारदजी भगवानकोमा जानुभयो र सबै प्राणी उहाँको नाम सुन्नेबित्तिकै मर्ने गरेको कुरा भन्दै असन्तोष व्यक्त गर्नुभयो । नारायण भगवानले उहाँलाई धैर्य गर्न भन्नुभयो । साथै अन्तिमपटक काँशीका राजाका शिशु पुत्रको कानमा गएर उहाँको नाम भन्न भन्नुभयो । नारदजी भगवानको आज्ञालाई शिरोधार्य गर्दै काशीका राजाका छोराको कानमा पनि भगवानको नाम जपेर सुनाउनुभयो ।
यो पटक ती नवशिशु युवराज मरेनन् । उल्टै केही कुरा बोल्न थाले , "हे महामुनी तपाईको जय जय होस् । तपाई जगतका प्राणीको हितमा सदैव लागिरहनुहुन्छ  । मलाई भगवानको नाम सुनाएर उद्धार गर्नुभएकोमा धेरै धेरै धन्यवाद । म शुरुमा जुका थिएँ , तपाईले भगवानको नाम सुनाएर मलाई उद्धार गर्दै पुतलीको जुनी प्रदान गरिदिनुभयो । त्यसपछि पुलतीजुनीमा पनि भगवानको नाम सुनाईदिनुभयो , म मृग बन्न पुगेँ । तपाईले त्यसबाट पनि उद्धार गर्दै बाच्छा बनाईदिनुभयो र अहिले म युवराज बनेर जन्मिएको छु , मानव शरीर पाएको छु । तपाई मेरो गुरु हुनुहुन्छ । वास्तवमा यो मलाई तपाईको मुखारविन्दबाट नारायण भगवानको शुद्ध नाम सुन्दा  प्राप्त भएको हो । "

संदेश : नारदजीले बुझ्नुभयो कि भगवद् नाम जप वास्तवमा सर्वोत्तम छ , महान छ भनेर । तसर्थ हामी पनि भगवानको नाम जप्न कन्जुसाईँ नगरौँ , जानी नजानी हजारौ जीवहरुको उद्धार भैरहेको हुन्छ भगवानको नाम जप गर्नाले , केवल आफ्नो मात्रै होईन् ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das