ठूलो पिपलका साना फलहरु - कथा

गर्मीको दिन थियो , रामु गाँउको बाटो हुँदै आफ्नो काकाको घरमा जाँदै थियो । बाटामा पिपलको बोट थियो । एकछिन आराम गर्छु भन्दै ऊ चौतारीमा बस्यो । चौतारीमा पिपलका फलहरु झरेका थिए । पिपलका फल (बिऊ) साना हुन्छन् । रामुले सोच्न थाल्यो भगवान पक्कै पनि धेरै बुद्धिमान हुनुहुँदैन् । यदि बुद्धिमान भएका भए यत्रो ठूलो पिपलका यती साना फल र त्यती सानो फर्सीको बोटमा त्यती ठूला फल नहुनुपर्ने हो । उसले भगवानका गल्ति औँलाउदै थियो । यत्तिकैमा ऊ त्यहीँ निदाउन पुग्यो । त्यहाँ हावा चलिरहेको थियो । त्यो हावाले पिपलको साना फलहरु झार्न थालेको थियो । यत्तिकैमा एउटा सानो फल रामुको टाउकामा खस्यो अनि रामु ब्यूँझियो । उसले सोच्यो यदि पिपलको फल फर्सीको जस्तै ठूलो भएको भए र त्यो सानो फलको ठाउँमा फर्सीजत्रो फल उसको टाउकोमा खसेको भए के हुन्थ्यो होला ।
उसले आफ्नो गल्ति महसुस ग¥यो , भगवानलाई धन्यवाद दिँदै भन्यो कि , अब उप्रान्त उसले कहिल्यै पनि भगवानको क्षमता, पूर्णता एवम् महानतामा शंका गर्ने छैन ।
सन्देश: वास्तवमा भगवान जत्ति बुद्धिमान यस सारा जगतमा कोही पनि छैनन् । त्यैपनि हामी कहिलेकाहीँ भगवानको पूर्णता एवम् क्षमतामा प्रश्न उठाउछौँ र भन्छौँ कि भगवान भएको भए संसार यस्तो नराम्रो किन भैरहेको छ ? किन् भगवानको सृष्टिमा खोट देखिन्छन् ? आदि । यो कथाबाट यो बुझ्नुपर्छकि वास्तवमा भगवानको गल्ति केही हुँदैन्, उहाँको महानता, बौद्धिकता एवम् पूर्णता कहिल्यै च्यूत हुँदैन् , सत्य केवल यही हो कि हामीले उहाँको महानता, बौद्धिकता एवम् पूर्णतालार्ई बुझ्न सकेका छैनौँ ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das