श्रीकृष्ण शरण

जब पाण्डवहरु जंगलमा हुनुहुन्थ्यो त्यो समयमा भगवान श्रीकृष्ण उहाँहरुलाई भेट्न जानुभयो । पाण्डवले भगवानलाई स्वागत सत्कार गर्नुभयो। द्रोपदीले भगवानलाई स्नान गर्न भन्नुभयो र आफू भगवानका लागि पानी तताउन जानुभयो । भिमले दाउरा ल्याउनुभयो र द्रोपदीले आगो बाल्नुभयो ।
भगवान श्रीकृष्णले चाहिँ उहाँहरुको हालखबर सोध्दै हुनुहुन्थ्यो । केही समयपछि पानी कस्तो भयो भनि द्रोपदीलाई जाँच गर्न भन्नुभयो । आगो खुबै दन्किएर बलिरहेको थियो तर पानी भने लामोसमयसम्म पनि चिसोको चिसै थियो । यो आश्चर्यचकित कुरा थियो । उहाँ भित्र गएर यो समाचार पाण्डवहरुलाई सुनाउनुभयो । पाण्डवहरुपनि पानी तताउन चर्को आगोबावजुद पनि असमर्थ भएपछि स्वयम् श्रीकृष्ण भगवान आएर भिमलाई भाँडाबाट पानी खन्याउन भन्नुभयो ।
पानी खन्याउने क्रममा भाँडाबाट एउटा भ्यागुलो उफ्रिएर गयो ।

कृष्ण भगवानले भन्नुभयो कि जब द्रोपदीले भाँडो आगामा राख्नुभयो तब भ्यागुताले उहाँसँग आफ्नो रक्षा गरिदिन भनि प्रार्थना गरेको थियो । शरणमा परेकालाई रक्षागर्नु उहाँको कर्तव्य भएकाले भगवानले उक्त भ्यागुतोलाई रक्षागर्नका हेतू चक्रो आगोका बाबजुदपनि पानीलाई तात्न नदिएको कुरा स्पष्ट पारिदिनुभयो । यो सुनेपछि सम्पूर्ण पाण्डवहरु निहुँरिएर भगवानको अझै बढी शरणमा पर्नुभयो । यसरी सँधै शरणमा पर्ने भएकाले श्रीकृष्ण भगवानले पाण्डवको हमेशा रक्षा गरिरहनुहुन्छ ।
सन्देश: हामी सबै भगवान श्रीकृष्णको शरणमा पर्नुपर्छ । भगवद्गीताको सारांश नै यही हो ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das