संगत गुनाको फल - कथा

एक समय एउटा पसलेसँग दुईवटा दाजुभाई सुगा थिए । एउटालाई कसाईले किन्यो र अर्कोलाई सन्त राजाले । समय वित्दै गयो ।
एक दिन मासुपसलको बाटो हुँदै एक जना साधू जाँदै हुनुहुन्थ्यो । मासुपसलबाहिर राखिएको सुगाले चिच्याउँदै भन्यो :" त्यो मुर्खलाई समाएर मार ।"
अर्को दिन उक्त साधू सन्तराजाको दरवारमा जानुभयो । सुगाले उहाँलाई स्वागत सत्कार गर्दै भन्न थाल्यो," हे मुनि तपाईलाई स्वागत छ । तपाईजस्ता महान व्यक्तित्व हामीकहाँ भगवानको बारेमा केही सुनाउन आउनुभएको छ ।"
मुनि अचम्ममा पर्नुभयो र सुगालाई सोध्नुभयो , "हैन, तिम्रो भाई एकदमै फोहोरी शब्द बोल्छ तर तिमी यती मधुर , यो कसरी?"
सुगाले उत्तर दियो , "हे मुनिवर यो सबै संगतको प्रभाव हो । मेरो भाई मासुपसलेको पर्यो , म यहाँ सन्त राजाकोमा । मासुपसलेका खराब बोली सुन्दा सुन्दै मेरो भाई त्यस्तै बोल्ने भयो भने म हाम्रा राजाका मधुर वाणी सुन्दै गएँ र यस्तो भएँ ।"

सन्देश : सङ्गत गुनाको फल । वास्तवमा हामी जस्तो व्यक्तिसंग सङ्गत गर्न पुग्छौँ ,हामी त्यस्तै बन्छौँ । हामी तबमात्रै भक्त बन्न सक्छौँ जब हामी भक्तको सङ्गत गर्न थाल्छौँ ।
साधू सङ्ग साधू सङ्ग
सर्व शास्त्र कोहे ।
लव मात्र साधू सङ्ग
सर्व सिद्धी होय ।।

Source : www.facebook.com/iskconvisa

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das