आत्माका लागि न त कहिल्यै जन्म छ न मृत्यु नै

भगवद्गीताको दोस्रो अध्यायको बिसौँ श्लोकामा भगवानले आत्माका केहि त्यस्ता गुणहरु बताउनुभएको छ जसका लागि हामी साँच्चिकै लालायित छौँ । हामी आत्मा हौँ । आत्मा अमर छ , हामी पनि अमर बन्न चाहन्छौँ ।यदि हामी शरीर भएको भए त हाम्रो शरीर अमर हुनुपर्ने तर हाम्रो शरीर नश्वर छ । अतः हाम्रो अमर बन्ने इच्छा हामी अमर आत्मा भएको प्रमाण हो । वास्तवमा शरीर मर्दा पनि ऊ मर्दैन ।
यस सन्दर्भमा भगवद्गीता अध्याय २ को श्लोका १४ मा यसरी बताईएको छ ।
(श्रोत : श्रीमद्भगवद्गीता यथारुप (लेखकःश्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद)

न जायते म्रियते वा कदाचिन्

नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोयं पुराणो

न हन्यते हन्यमाने शरीरे ।। २० ।।

अनुवाद

आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ त अजन्मा छ, नित्य छ शाश्वत छ, र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन ।

तात्पर्य

गुणका दृष्टिले परमात्माको अणु अंश परमात्माकै समान छ । ऊ शरीर झैं परिवर्तित हुंदैन । कहिलेकहीं आत्मालाई स्थायी वा कुटस्थ पनि भनिन्छ । शरीरमा छ प्रकारको रूपान्तरण वा परिवर्तन भइरहन्छ सर्वप्रथम यो शरीर आमाका गर्भबाट जन्मिन्छ, केही समय शिशु अवस्थामा रहन्छ, अनि बढ्छ र ठूलो हुन्छ, अनि केही प्रभाव देखाउन थाल्छ । फेरि विस्तारै क्षीण हुदै जान्छ र अन्तमा नष्ट हुन्छ र विस्मृतिका गर्भमा बिलाउछ । तर आत्मामा यस्तो परिवर्तन हुदैन । आत्मा जन्मिदैन । यसले भौतिक शरीर ग्रहण गर्छ । अतः शरीर जन्मिन्छ तर आत्मा जन्मिदा पनि जन्मदैन र मर्दा पनि मर्दैन । जसको जन्म हुन्छ त्यसको मृत्यु पनि हुन्छ । आत्मा अजन्मा भएको हुनाले उसको भूत, भविष्यत् र वर्तमान पनि हुदैन । आत्मा त नित्य छ, शाश्वत छ र अनादि छ । आत्माले जन्म लिएको कुनै ऐतिहासिक प्रमाण छैन । शरीरको प्रभावमा आएर हामीले आत्माको जन्म मृत्युको इतिहास खोज्छौं । आत्मा शरीर झैं कहिल्यै बूढो हुदैन । त्यसैले तथाकथित बूढो मानिसले पनि स्वयंमा आफ्नो बाल्यकाल र यौवन अवस्थामा जस्तै अनुभूति गरिरहेको

हुन्छ । शरीरको परिवर्तनले आत्मामा कुनै प्रकारको प्रभाव पार्दैन । आत्मा रूख वा अन्य भौतिक वस्तु झैं क्षीण हुदैन । आत्माको कुनै सह उत्पादन वा उप˚ल हुदैन । शरीरको सह उत्पादन मानिने छोराछोरी जस्ता कुरा पनि भिन्नाभिन्नै व्यष्टि आत्मा हुन् र शरीरकै कारणले तिनीहरू कुनै खास मानिसका सन्तान जस्ता देखिन्छन् । आत्माको उपस्थितिका कारणले नै शरीरको विकास भएको हो । आत्माको न त कुनै हागाबिंगा हुन्छ न त परिवर्तन नै । अतः आत्मा शरीरका छ किसिमका परिवर्तनबाट मुक्त छ । कठोपनिषदको १, , १८ मा पनि हामी यस्तै आशय भएको एउटा श्लोक फेला पार्छौं जो यस प्रकार छ



न जायते म्रियते वा विपश्चिन्नायं कुतचिन्न बभूव कश्चित् ।

अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।

यस श्लोकको अर्थ र तात्पर्य पनि गीताकै श्लोकको जस्तो छ, तर यो श्लोकमा एउटा विपश्चित्भन्ने विशिष्ट शब्दको प्रयोग भएको छ, जसको अर्थ हुन्छ विद्वान् वा ज्ञानमय । आत्मा ज्ञान वा चेतनाले सधैं परिपूर्ण रहन्छ, अतः चेतना नै आत्माको लक्षण हो । यदि कसैले हृदयमा रहेको आत्मालाई फेला पारेन भने पनि उसले चेतनाको उपस्थिति भएका कारणले त्यहा आत्माको उपस्थिति पनि छ भन्ने बुझ्दछ । कहिलेकहीं हामीले बादलले ढाकिनाले वा अन्य कुनै कारणले आकाशमा सूर्यको बिम्बलाई देख्दैनौं तापनि सूर्यको प्रकाश त त्यहा रहिरहन्छ । यसैबाट हामीलाई यो दिनको समय हो भन्ने विश्वास हुन्छ । बिहान आकाशमा अलिकति मात्रै भए पनि सूर्यको प्रकाश देखिंदा आकाशमा सूर्य छ भन्ने कुरा हामीले चाल पाउछौं । यसै गरी चाहे मानिसको शरीर होस् चाहे पशुको शरीर, यदि त्यसमा अलिकति पनि चेतना छ भने त्यहा आत्माको पनि उपस्थिति छ भन्ने हामी बुझ्छौं । यति हुँदाहुदै पनि जीवात्माको चेतना परमात्माको चेतनाभन्दा भिन्न छ । परमात्माको चेतना सर्वज्ञ छ । त्यो परमचेतना भूत, भविष्यत् र वर्तमानका सम्पूर्ण ज्ञानले परिपूर्ण छ तर जीवात्माको व्यष्टि चेतना भने विस्मरणशील छ । आफ्नो असली स्वभावलाई बिर्सन पुगेको जीवात्माले फेरि कृष्णको परमज्ञानबाट शिक्षा पाएर आफ्नो स्वरूपको बोध गर्छ । तर कृष्ण जीवात्मा जस्तो विस्मरणशील हुनुहुन्न । यदि उहा त्यस्तो भैदिएको भए उहाले दिनुभएको भगवद्गीताको उपदेश पनि अर्थहीन हुने थियो ।



आत्मा दुई प्रकारका छन्सूक्ष्म अणु आत्मा र परमात्मा वा विभु आत्मा । यो कुराको पुष्टि कठोपनिषद (१, , २०) मा यसरी गरिएको छ



अणोरणीयान्महतो महीयानात्मास्य जन्तोर्निहितो गुहायाम् ।

तमक्रतुः पश्यति वीतशोको धातुः प्रसादान्महिमानमात्मनः ।।



अणु आत्मा र परमात्मा दुवै त्यही शरीररूपी वृक्षमा जीवात्माका हृदयमा विद्यमान छन् । समस्त इच्छाहरूबाट र शोकबाट पनि मुक्त भएको मानिसले मात्र भगवान्को कृपा पाएर आत्माको महिमालाई बुझ्न सक्छ । कृष्ण त परमात्माका पनि उद्गम स्रोत हुनुहुन्छ । यो कुरा आगामी अध्यायहरूमा स्पष्ट पारिने छ । अर्जुन आफ्नो वास्तविक स्वरूपलाई नै बिर्सिएका एउटा अणु आत्मा हुन्, त्यसैले उनलाई कृष्णद्वारा या उनका प्रामाणिक प्रतिनिधि (गुरु)द्वारा प्रवुद्ध तुल्याउनु पर्ने आवश्यकता छ ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das