म हजुरकै शिष्य हुँर हजुरकै शरणमा आएको छु

वास्तवमा यो संसारमा रहंदा हामीहरु प्राय: भ्रममा पर्न जान्छौं         के कर्तव्य हो र के अकर्तव्य हो बुझ्न सक्दैनौ यो संसार असिमित दुखको महासागर हो जहाँबाट उन्मुक्ति पाउन आफ्नै बाहुबलले असम्भव छ । यस्तो अवस्थामा हामीसंग एउटा मात्र समाधान भनेको गुरुको शरणमा जानु हो जुन कुरा अर्जुनले श्रीकृष्ण भगवानको शरणमा गएर देखाउनु भएको छ : 

भगवद गीता यथारूप २.७ :-                 

                                 कार्पण्यदोषोपहतस्वभावः
                                पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
                            यच्छे्यः स्यान्निश्चितं ब्रूहि तन्मे
                               शिष्यस्तेहं शाधि मां त्वां प्रपन्नम्
अनुवाद
यति बेला विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य ठम्याउन सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैर्य पनि गुमाउदैछु । यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छुमेरा लागि सबैभन्दा राम्रो के हुन्छ त्यही भन्नुहोस् । म हजुरकै शिष्य हुर हजुरकै शरणमा आएको छु, अतः कृपा गरेर मलाई समुचित अर्ती उपदेश दिनुहोस् ।
तात्पर्य
भौतिक क्रियाकलापका सम्पूर्ण गतिविधि नै हरेकका लागि चिन्ताको स्रोत हो । यो प्रकृतिकै नियम हो । यहापाइलापाइलामा पिरलो छ । त्यसैले मानिसलाई एउटा सुयोग्य गुरुका शरणमा जानु आवश्यक छ । गुरुले उसलाई जीवनको उद्देश्य पूरा गर्नका लागि सही मार्गनिर्देशन दिन्छन् । हामीले नचाहदा नचाहदै पनि जीवनमा आइपर्ने अनेक झन्झटहरूबाट मुक्ति पाउनका लागि गुरुका शरणमा जाने सल्लाह हामीलाई सबै वैदिक साहित्यले दिन्छन् । जीवनका यी झन्झटहरू कसैले नलगाईकनै वनमा उठेको डढेलो जस्ता हुन्छन् । यो संसारको चलनै कस्तो छ भने यहानचाहेर पनि जीवनमा स्वतः अनेक समस्याहरू पैदा हुन्छन् । जंगलमा आगो लागोस् भनेर कोही चाहदैन तैपनि आगो लागिदिन्छ र हामी आत्तिन्छौं । त्यसैले वैदिक वाङ्मय हामीलाई जीवनका झन्झटहरूको विज्ञान बुझ्न र तिनको समाधान पाउनका लागि परमम्परागत गुरुका शरणमा जाऊ भन्छ । प्रामाणिक गुरुका साथमा रहेको व्यक्तिले सबै कुरा जान्दछ । अतः मानिस सांसारिक झमेलामा नरहेर योग्य गुरुका शरणमा जानुपर्छ । यही नै यो श्लोकको तात्पर्य हो ।
                सांसारिक झमेलामा सेको व्यक्ति को हो ? त्यो त्यही व्यक्ति हो जो जीवनको समस्यालाई बुझ्दैन । वृहदारण्यक उपनिषद , , १० मा सांसारिक झमेलाहरूबाट व्याकुल मानिसको वर्णन यसरी गरिएको छ“यो वा एतदक्षरं गाग्र्यविदित्वास्माँल्लोकात्प्रैति स कृपणः ।”अर्थात् जसले मानवका रूपमा रहेर आफ्ना जीवनका समस्याहरूको समाधान गर्न सक्दैन र जसले आत्मसाक्षात्कारको विज्ञान नबुझीकन कुकुर बिरालाले झैं संसार त्याग्छ त्यो कृपण हो । जीवात्माका लागि मानिसको शरीर एउटा बहुमूल्य सम्पत्ति हो । उसले आफ्ना जीवनका समस्याको समाधान गर्ने काममा यो शरीरको उपयोग गर्न सक्छ । जसले यो अवसरको समुचित उपयोग गर्दैन त्यो कृपण हो, कञ्जुस हो । अर्कातिर जसले जीवनका समस्याहरूको समाधान गर्ने कार्यमा यो मानव शरीरको उपयोग गर्छ त्यो चाहिपर्याप्त बुद्धिमान् हो वा ब्रामण हो । “य एतदक्षरं गार्गि विदित्वास्माँल्लोकात्प्रैति स ब्राह्मणः
                देहात्मबुद्धि भएका कृपण मानिसहरू परिवार, समाज, देश आदिप्रति अत्यन्त स्नेहशील हुँदै आफ्नो अमूल्य समय बर्बाद गर्छन् । छालाकै रोगका आधारमा मानिस आफ्नो पारिवारिक जीवन, खासगरी स्वास्नी, छोराछोरी तथा अन्य इष्टमित्रप्रति आसक्त हुन्छ । कृपण व्यक्ति या आफ्ना पारिवारिक जनहरूलाई मृत्युबाट बचाउछु भन्ने ठान्दछ या उसका परिवार तथा समाजले उसलाई मृत्युको मुखबाट बचाउन सक्छन् भन्ने ठान्छ । यस किसमको पारिवारिक आसक्ति त तल्ला तहका पशुहरूमा पनि पाइन्छ । उनीहरू पनि आफ्ना छोराछोरीको रेखदेख गर्छन् । अर्जुन बुद्धिमान् व्यक्ति थिए । पारिवारिक जनहरूप्रतिको उनको प्रेम र मृत्युबाट उनीहरूको रक्षा गर्ने  चाहना नै उनको चिन्ताको कारण हो भन्ने कुरा उनी बुझ्न सक्थे । लडाइगर्नु उनको कर्तव्य हो र उक्त कर्तव्यले उनको प्रतीक्षा गरिरहेछ भन्ने कुरा पनि उनी बुझ्दथे तर कार्पण्य दोषले गर्दा उनी आफ्नो कर्तव्यपालन गर्न सकिरहेका थिएनन् । त्यसैले निश्चित समाधान निकाल्नका लागि उनी परमगुरु भगवान् श्रीकृष्णसग अनुरोध गर्दैछन् । उनी शिष्य बनेर आफुलाई कृष्णमा समर्पित गर्दैछन् । उनी अब कृष्णसग मित्रवत् होइन शिष्यवत् कुराकानी गर्न चाहन्छन् । गुरु र शिष्यबीचका कुराकानीहरू गम्भीर हुन्छन् । अहिले अर्जुन आफ्ना आदरणीय गुरु कृष्णसग अति गभीरतापूर्वक कुरा गर्न चाहन्छन् । कृष्ण भगवद्गीतारूपी विज्ञानका मूल गुरु हुनुहुन्छ र अर्जुन यो गीताज्ञान बुझ्ने पहिलो शिष्य हुन् । अर्जुनले कसरी यो गीताज्ञान बुझे यो कुराको वर्णन यही गीतामै गरिएको छ । यति हुदाहुदै पनि मूर्ख सांसारिक विद्वानहरू व्यक्ति कृष्णको शरणमा होइन अजन्मा कृष्णको शरणमा पर्नुपर्छ भन्ने व्याख्या गर्छन् । साकार कृष्ण र निराकार कृष्णमा कुनै भिन्नता छैन । कृष्ण भित्र र बाहिर एकै हुनुहुन्छ । होसंग यस किसिमको ज्ञान वा समझ छैन तिनीहरूले भगवद्गीता बुझ्न खोज्नु सबभन्दा ठूलो मूर्खता हो ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das