भगवान श्रेष्ठतामा सर्वोपरि हुनुहुन्छ

ईशोपनिषद बताउँदछ की हामी जुनसुकै पनि चेतन वा अचेतन देख्छौं । त्यो ईश्वरद्वारा नियन्त्रित छ । यही कुरा भागवदगीता (९.१०) मा श्री कृष्ण भन्नुहुन्छ की उहाँको शक्तिहरु सारा वस्तुहरुको प्रवन्ध गर्दछन् । विष्णु पुराण पनि पुष्टि गर्दछ – “एकादेश स्थित्स्यग्नेज्र्योतसना विस्तारिणी यथा” । जसरी एक स्थानमा राखिएको अग्निको चारैतिर ताप र प्रकाश फैलिन्छ, त्यसै गरी यो सम्पूर्ण सृष्टि भगवानबाट विस्तार हुने शक्तिको अभिव्यक्ति हो । उदाहरणको लागि सूर्य एक स्थानमा छ, तर यसले आफ्नो ताप तथा प्रकाश सारा ब्रम्हाण्ड भरी विस्तार गरिरहेछ । यसै गरी ईश्वरले आफ्नो भौतिक तथा आध्यात्मिक शक्तिहरु सम्पूर्ण ब्रह्माण्ड भरी विस्तारित गरिरहनु भएको छ ।
ईशोपनिषद बताउँदछ “यद्यपि भगवान आफ्नो धाममा स्थित हुनुहुन्छ, तर पनि उहाँ मन भन्दा पनि अधिक तेजितो हुनुहुन्छ र उहाँ दौडमा सबैलाई पछाडी पार्न सक्नुहुन्छ । शक्तिशाली देवताले पनि उहाँलाई छुन सक्दैनन् । यद्यपि उहाँ एक स्थानमा रहनुहुन्छ, तर उहाँ वायु तथा वर्षा प्रदान गर्ने देवताहरुलाई पनि नियन्त्रण गर्नुहुन्छ । उहाँ श्रेष्ठतामा सर्वोपरि हुनुहुन्छ ।” व्रह्मसंहितामा केही यसप्रकार बताइएको छ –यद्यपि कृष्ण गोलोक बृन्दावनमा रहनुहुन्छ, तर एकै साथ उहाँ सबै जीवहरुको हृदयमा पनि रहनु हुन्छ ।
गोलोकमा कृष्णलाई केही पनि गर्नु पर्देन । उहाँ आफ्नो सँगीहरु, गोपीहरु ग्वालबालहरु, आफ्नो मातापिता, आफ्ना गाईहरु तथा बाच्छाहरु आदिको साथमा केवल आनन्द लिनुहुन्छ । उहाँ पूर्णतया स्वतन्त्र हुनुहुन्छ  साथै उनको संगीजन त उनीभन्दा पनि अधिक स्वतन्त्र छन् किनकी जब उनीहरुमाथि कुनै संकट आउदछ तब कृष्ण उनीहरुको रक्षाको चिन्ता गर्नुहुन्छ । तर उनको संगीहरुलाई कुनै चिन्ता छैन । उनीहरु
त यही सोच्दछन् कि “अहोे कृष्ण त हुनुहुन्छ नै । उहाँ हाम्रो रक्षा गर्नुहुन्छ ।”
जब ५००० वर्ष पूर्व वृन्दावनमा कृष्णले आफ्नो लीलाहरु गर्नुभयो, त्यतिबेला सधै उहाँ आफ्नो ग्वालबाल मित्रहरु तथा गाइहरु र बाचहरुको साथमा यमुननदीबो तटमा रहेको जंगलमा खेल्न जाने गनुए हुन्थ्यो । कंस प्रायः कृष्ण तथा उनको वध गर्नको लागि आफ्नो कुनै असुरलाई पठाउने गर्दथ्यो । तर पनि सारा ग्वालबाल निश्चिन्त भएर आफ्ना क्रीडाहरुको आनन्द लिइरहन्थे  किनकी कृष्णद्वारा आफ्नो रक्षा हुने कुरामा आश्वस्त थिए । यही हो आध्याध्मिक जीवन जसको सुरुवात कृष्णको शरणमा जानाले सुरु हुन्छ ।
कृष्णको शरणमा जानुको अर्थ यो प्रवल विश्वास राख्नु हो कि कृष्णले हामीलाई कुनै पनि घातक परिस्थितिबाट बचाउनुहुन्छ । शरणमा जानुहो पहिलो अवस्था भनेको जुन भक्तिको अनुकुल छ त्यसलाई मात्र स्वीकार गर्नु हो । तब हामीले भक्तिको प्रतिकुल हरेक वस्तुलाई तिरस्कार गर्नुपर्दछ । अगाडीको अवस्था यो हो की कृष्णले हरेक परिस्थितिमा हाम्रो रक्षा तथा पालन गर्नुहुनेछ । खासमा उहाँले हरेकको पहिलेदेखि नै संरक्षण तथा पालन गरिरहनु भएको छ । यो तथ्य हो । तर मायाको वशमा परी हामी यो सोच्दछौ कि हामी स्वयं आफ्नो रक्षा गरिरहेका छौं या हामी आफ्नो भरणपोषण गरिरहेका छौं ।
आफ्नो भक्तहरुको रक्षा तथा उनीहरुकाले निर्वाहको जिम्मा कृष्ण स्वयं नै लिनुहुन्छ । मायादेवी अर्थात कृष्णकी बहिरङ्गा शक्ति सामान्य मानिसहरुको जिम्मा लिनुहुन्छ । मायादेवी कृष्णकी प्रतिनिधि हुनुहुन्छ र उहाँ बद्ध जीवहरुलाई दण्ड दिनको लागि तयार हुनुहुन्छ । यो एउटा राज्यको स्थिति जस्तै हो, राम्रा मानिसहरुको रेखदेख कानुन विभागको माध्यमद्वारा गरिन्छ ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das