जीवनको उदेश्य : कृष्णभावानामृत

तपाई को हुनुहुन्छ ? के तपाइ शरीर हो ? या त्यो बाहेक अरु केही हुनुहुन्छ ? के तपाइ जान्नुहुन्छ, तपाइ को हुनुहुन्छ ? कि तपाइ मात्र यति सोच्नुहुन्छ की “म जान्दछु ।” के यसले कुनै फरक पार्छ र ? हाम्रो यो समाज अज्ञानी नेताहरुद्वारा  भ्रमित छ । अतः हामी केवल आफ्नो शरीरको रेखदेख, सजिसजावट तथा यसको इच्छाहरुको पूर्तिमा लागेका छौं । के यसको अतिरिक्त आत्मासाक्षात्कारको कोइ अरु बाटो छ ??
यो श्री कृष्णभावनामृत अभियान मानव समाजको आध्यात्मिक मृत्युबाट रक्षा गर्नको लागि चलाइएको हो । वर्तमान समयमा नेताहरुद्वारा मानव समाज भ्रामक दिशातिर उन्मूख छ । यी नेताहरु अन्धा छन्  किनकी उनीहरुलाई मावन जीवनको लक्ष्यको ज्ञान नै छैन । मानव जीवनको लक्ष्य आत्मसाक्षात्कार एवं भगवानसँग रहेको आफ्नो विस्तृत सम्बन्धलाई पुनः स्थापित गर्नु हो । यो जीवनको अपूर्ण अङ्ग हो । श्री कृष्णभावनामृत अभियान मानव समाजको यो महत्वपूर्ण विषयमा प्रकाश पार्नको लागि प्रयास गरिरहेको छ । वैदिक सभ्यता अनुसार, श्री कृष्णअर्थात भगवानको साथ आफ्नो सम्बन्धको साक्षात्कार गर्नु नै जीवनको सिद्धि हो । श्रीमद्भागवतको दिव्य विज्ञानलाई सम्पूर्ण महाजनहरुद्वारा सम्पूर्ण विज्ञानको आधारको रुपमा स्वीकार गरिएको छ ।  यस ग्रन्थबाट हामी यो बुझ्न सक्दछौं कि केवल मनुष्य वर्ग मात्र नभएर समस्त जीव भगवानको अंश हो । अंश अंशीको सेवाको लागि बनेको हो । जस्तै मुख, हात, औला इत्यादि सम्पूर्ण शरीरको सेवाको लागि बनेको हो । हामी जीवात्मा भगवानको विभिन्न अंश भएको कारण भगवद सेवा गर्नको लागि कर्तव्यबद्ध छौं ।
वास्तबमा हाम्रो स्थिति के छ भने हामी कसै न कसैको सेवा गरिरहन्छौं । चाहे त्यो हाम्रो परिवारको होस्, चाहे त्यो देश अथवा समाजको होस् । यदि हाम्रो सामु सेवा गर्नको लागि केही त्यस्तो व्यक्ति भएन भने हामी कहिलेकाही घरमा कुकुर अथवा बिराला पालेर सेवा गरिरहेका हुन्छौं । यी समस्त तत्वले के सिद्ध गर्दछ भने हामी वैज्ञानिक रुपमा सेवा गर्नकै लागि भनेर बनाइएका हौं । यद्यपि आफ्नो सामथ्र्य अनुसार सर्वोत्तम सेवा गरेर पनि हामी सन्तुष्ट छैनौं । न कि त्यो व्यक्ति सन्तुष्ट छ, जसको हामी यति धेरै सेवा गरिरहेका छौं । भौतिक स्तरमा हरेक व्यक्ति निराशाले परिपूर्ण छ । निराशाको कारण यो हो कि हामी उचित पात्रको सेवा गरिरहेका छैनौं । उदाहरणको लागि यदि एक वृक्षको सेवा गर्न चाहन्छौं भने अवश्य नै त्यसको जरामा जल दिनु पर्ने हुन्छ । यदि हामी पात, हाँगा आदिमा जल राखिदिन्छौं भने त त्यसलाई नाम मात्रको लाभ हुन्छ । यदि भगवानको सेवा गर्दछौं भने अन्य सबै स्वतः सन्तुष्ट हुनेछन् । फलस्वरुप भगवानको सेवा गर्नाले समस्त कल्याणकारी कार्य तथा समाज, परिवार एवं देशको सेवा आफसेआफ हुन्छ ।

श्रोत : आत्मसात्क्षारकारको विज्ञान (पृष्ठ २ बाट)
श्री श्रीमद ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das