श्रीजगन्नाथ रथयात्रा - महिमा ( स्वयम्भु-गोंगबु श्री जगन्नाथ रथयात्रा २०७० विशेष)

नोट : २०७० माघ १६ गतेका दिन काठमाण्डौँको स्वयम्भू देखि गोंगबु सम्म श्री जगन्नाथ रथयात्रा सु-सम्पन्न   हुँदैछ । पुरै विवरण श्रीजगन्नाथ रथयात्रा - महिमा को अन्तिममा दिईएको छ ।उक्त रथयात्राको सबैलाई हार्दिक निमन्त्रणा छ 
                                                                 -    आयोजक : नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ
                                                                    गोंगबु , इचंगुनारायण भगवान श्री जगन्नाथ रथयात्रा समिति

..............................................................................................................................................................


जय जगन्नाथ ! जय बलदेव !! जय सुभद्रा !!!
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे  । हरे राम हरे राम राम राम हरे हरे ।।
“श्रीजगन्नाथ” शब्दको अर्थ हो जगतका स्वामी वा मालिक । श्रीजगन्नाथ स्वयम् भगवान श्रीकृष्णको अर्को नाम हो । चार धाममध्ये जगन्नाथपुरी एक प्रमुख धाम हो जहाँ भगवान श्रीजगन्नाथ आफ्ना दाजु बलराम तथा बहिनी सुभद्राको साथमा निवास गनुर््हुन्छ । यस धाममा हरेक वर्ष भगवान् श्रीजगन्नाथको रथयात्रा भव्यताका साथ मनाउने परम्परा रहि आएको छ ।
करीब ५ हजार वर्ष पहिले द्वारिकाधिश भगवान श्रीकृष्ण आफ्ना परिवारका सदस्यहरु सहित सूर्य ग्रहणको अवसरमा स्नान गर्न कुरुक्षेत्र तीर्थ स्थलमा पुग्नु भएको खबर थाहा पाएपछि श्रीमती राधारानी लगायत ब्रजवासीहरु त्यस तीर्थ स्थलमा आइपुग्नुभयो । लामो समयपछि भगवान श्रीकृष्णको दर्शनले गदगद् हुँदै भगवान् श्रीकृष्ण , बलराम र सुभद्रालाई  रथमा विराजमान गराई ब्रजवासीहरुले उत्साहका साथ रथयात्रा सुसम्पन्न गरेको लीलालाई स्मरण गर्दै भक्तजनहरुले हरेक बर्ष रथयात्रा गर्ने परम्परा बसालेका हुन् । लोक प्रचलन प्रख्यात धारणा अनुसार हजारौँ बर्ष पहिले भारतको उडिसा प्रान्तमा राज्य गर्ने एक महान् राजा इन्द्रधुम्नले भगवानको प्रत्यक्ष दर्शन गर्न अनेकन प्रयास गरेका थिए । अन्तिममा पुरोहित विद्यापतिको सल्लाह अनुसार  भगवानलाई आफ्नो राज्यमा स्थापित गराइ धूमधामका साथ रथयात्रा उत्सव मनाउने गरे । यस रथयात्रामा भगवान् श्रीजगन्नाथ, बलदेव र सुभद्राजीलाई रथारोहण  गराई श्रीजगन्नाथपुरीको “निलाचल”बाट  “गुण्डिचा” तर्फ तानिने गरिन्छ । भक्तहरुले आजसम्म पनि यस परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
 पहिले केवल जगन्नाथपुरीमा मात्रै मनाइने यस श्रीजगन्नाथ रथयात्रालाई अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) संस्थापक आचार्य श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी श्रील प्रभुपादले विश्वभरि नै मनाउन दिनुभएको निर्देशन अनुरुप हाल इस्कोनले यस महायज्ञलाई विश्वभरि नै मनाउँदै आएको छ । यस रथयात्राको हर पाइलामा अश्ववेध यज्ञ गरे बराबरको फल मिल्ने तथा भववन्धनबाट मुक्त भई भगवान जगन्नाथको अहैतुकी कृपा पाउने र दर्शन मात्रैले पनि व्यक्तिको जन्म जन्मान्तरसम्मका पाप नष्ट हुने कुरा धार्मिक ग्रन्थमा प्रमाणित भएको पाइन्छ ।
..............................................................................................................................................................





कार्यक्रम विवरण :-
कार्यक्रम मिती                :  २०७० माघ १६ गते बिहिबार (शहिद दिवसका दिन) विहान १० देखी दिउँसो ४ बजेसम्म
रथयात्रा मार्ग:                 :  शुभारम्भ स्थान :  स्वयम्भू चोक , ढुगेंधारा , वालाजु, नयाँ बजार , सोह्रखुट्टे चोक , नयाँ बजार ,
                                      वालाजु , नयाँ बसपार्क , मुक्तेश्वर महादेव मन्दिर हुँदै गोंगबु चोकमा समापन

               


                                           आयोजक:  नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ
                                     गोंगबु , इचंगुनारायण भगवान श्री जगन्नाथ रथयात्रा समिति
 सम्पर्कका लागि:  ४३७३७८७ (हरेकृष्ण धाम , बूढानिलकण्ठ), ४२६८७६८ (भिसा राधा भवन), ९८५११३९१०८ (दीनबन्धु जनार्दन दास ), ९८०१२०५८८० ( परमेश्वर अच्यूत दास ) ,९८४९२३९७४१ (जयहरि श्रेष्ठ ) ,            ९८४१६१०९३७ ( कृष्णलाल श्रेष्ठ) ,९८४९०४१०८९ (दिपेन्द्र श्रेष्ठ )

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das