भक्तले प्रचार गर्नु पर्दछ

भक्तले प्रचार गर्नु पर्दछ । यसले उसलाई आत्म–साक्षात्कारको दिशामा अग्रसर हुनमा सहायता मिल्नेछ ।
 
  “यदि कुनै जीव कृष्ण भावनामृतमा विकास गर्दछ र अरु प्रति दयालु हुन्छ तथा यदि उसको आत्म–साक्षात्कार विषयक आध्यात्मिक ज्ञान पूर्ण हुन्छ भने तब उ भव बन्धनबाट तुरुन्त मुक्ति पाउनेछ ।” यस श्लोकको दया जीवेशु शब्द अन्य जीव प्रतिको दयाको सुचक हो र यो इंगित गर्दछ की यदि उ आत्मसाक्षात्कारमा प्रगति गर्ने इच्छुक छ भने उ अन्य जीव प्रति दयालु हुनु पर्दछ ।
    यसको अर्थ यो हुन्छ की उ आफूलाई पूर्ण बनाउने तथा कृष्णको नित्य दासको रुपमा आफूलाई बुझेपछि यस ज्ञानको प्रचार गरोस् । यसको प्रचार गर्नु जीव प्रति असली दया गर्नु हो । अन्य प्रकारको मानव–कल्याण कार्य अस्थायी रुपमा शरिरको लाभका लागि हुन सक्दछ, किन्तु जीव आत्मा हो, अत मनुष्यले आफ्नो आध्यात्मिक जीवनको ज्ञानलाई प्रकट गरेर नै उ प्रति आफ्नो असली दया देखाउन सक्दछ । जस्तै चैतन्य महाप्रभुले भन्नुभयो– “जीवेर स्वरुप हय कृष्णेर नित्य दास” हर जीव स्वभावतः कृष्णको दास हो । हरेक व्यक्तिले यस तथ्यलाई राम्रोसँग जान्नु आवश्यक छ र आम जनता माझ यसको प्रचार गर्नु पर्दछ । यदि उसले आफूलाई कृष्णको नित्य दासको रुपमा त सम्झन्छ । तर त्यसको प्रचार आम जनता माझ गर्दैन भने उसको अनुभूति अधुरो हुन्छ । यसैकारण भक्तिसिद्धान्त सरस्वती ठाकुरले गाउनु भएको छ–
    दुष्ट मन तुम किसेर बैष्णव ?
    प्रतिष्ठा तरे, निरजेन धरे
    तब हरि–नाम केवल कैतव . . .
“मेरो प्रिय मन ! तिमी कुन प्रकारको वैष्णव हौ ? मिथ्या प्रतिष्ठा तथा भौतिक ख्यातिको लागि तिमी एकान्तमा हरे कृष्ण मन्त्रको जप गरिरहेको हो . . .”
    यसरी प्रचार नगर्ने मानिसहरुको आलोचना गरिएको छ । बृन्दावनमा यस्ता वैष्णव छन् जसले प्रचार कार्य गर्न मन पराउँदैनन् । उनीहरु केवल हरिदास ठाकुरको अनुकरण गर्ने प्रयास गर्दछन् । किन्तु एकान्त स्थानमा उनीहरुको तथाकथित कीर्तन गर्नुको वास्तविक फल यो हुन्छ की उनीहरु सुत्न थाल्छन् र स्त्रीहरु तथा धनको विषयमा सोचिरहन्छन् ।
    यसरी जुन व्यक्ति केवल मन्दिर पूजामा लागिरहन्छन्, किन्तु जन समुदायको हितको वेवास्ता गर्दछन् अथवा भक्तहरुको पहिचान गर्न सक्दैनन् उनीहरु कनिष्ठ अधिकारी कहलाउँछन् ।
   
आचार्यामेव हरये पुजां यह श्रद्धध्येहते . . .
    न तदभक्तेषु चान्येषु स भक्त ः प्राकृत ः स्मृत ः . . .
(भागवत ११.२.४७)

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das