ईश्वरलाई जान्ने विधि

बैदिक शिष्य परम्परामा गुरुजन आफ्नो कथनहरुको निजी अनुभवहरुमा आधारित नभई सदा प्रमाणित स्रोतहरुबाट सुनिएका कथनहरुमा आधारित भई उल्लेखित गर्दछन् । आफ्नो प्रत्यक्ष अनुभवहरुद्वारा
वस्तुहरुलाई बुझ्ने प्रयास ज्ञान प्राप्तिको भौतिक विधि हो , जसलाई प्रत्यक्ष विधि भनिन्छ । किन्तु बैदिक विधि यसभन्दा भिन्न , यसलाई श्रुति विधि भनिन्छ, जसको अर्थ हुन्छ “प्रामाणिक स्रोतहरुद्वारा श्रवण गर्नु” । वैदिक ज्ञानको रहस्य यही हो । तपाइले आफ्नो अपूर्ण इन्द्रियको आधारमा ती वस्तुहरुलाई बुझ्ने प्रयास गर्नु आवस्यक छैन जुन (व्यवहारिक) शक्तिहरुभन्दा पर छ । यो सम्भव छैन । मानौ कि तपाई आफ्नो पिता को हो भनी जान्न चाहनुहन्छ । के तपाई प्रयोगद्वारा पत्ता लगाउन सक्नुहुन्छ, कि मेरो पिता को हो? यसको लागि उचित अधिकारी व्यक्ति आफ्नो आमाबाट सुनेर थाहा पाउन सक्नुहुन्छ । यो साधारण ज्ञानको कुरा हो । जब तपाई आफ्नो प्रयोगात्मक विधिबाट आफ्नो भौतिक पिताको पहिचान गर्न सक्नुहुन्न भने यस प्रयोगात्मक विधिबाट आफ्नो परम पितालाई कसरी जान्न सक्नुहुन्छ ? कृष्ण आदि पिता हुनुहुन्छ । उहाँ तपाईको पिताको पनि पिता हुनुहुन्छ । अतः यदि तपाई प्रयोगात्मक विधिद्वारा आफ्नो पिता अर्थात पहिलो पुस्तालाई त जान्न सक्नुहुन्न भने यस प्रकारले भलै कसरी तपाई ईश्वरलाई अथवा कृष्णलाई जान्न सक्नुहुन्छ ?
मानिसहरु प्रयोगात्मक विधिद्वारा ईश्वरलाई खोज्दछन् । तर प्रशस्त खोजपछि पनि असफल हुन जान्छन् तब भन्छन् “अहो ईश्वर काही छैन, म नै ईश्वर हँु ।” तर इशोपनिषद भन्दछ की मानिसहरु प्रयोगात्मक विधिले होइन बरु सुनेर ईश्वरलाई चिन्नु पर्दछ ।
    श्रुतिको माध्यमबाट ईश्वरको विषयमा जान्नु पर्दछ । को बाट सुन्ने ? के कुनै पसलेबाट? कोही उच्च व्यक्तिबाट ? होइन !!! मनुष्यले धीर व्यक्तिबाट सुन्नु पर्दछ । धीरको अर्थ हुन्छ त्यो व्यक्ति जसको इन्द्रियहरु भौतिक प्रभावले चलायमान हुदैन ।
अतएव यदि तपाई असल ज्ञान चाहनुहुन्छ भने तपाईले वेदहरुबाट यो ज्ञान प्राप्त गर्नु पर्दछ । वेख शब्दको अर्थ ज्ञान हो । यिनै वेदहरुको अङ्ग स्वरुप १०८ उपनिषद छन् जसमा ११ वटा अत्यन्त महत्वपूर्ण छन् । यी ११ मध्ये इशोपनिषद नै सर्वोपरि छ । उपनिषद शब्दमा “उप” को अर्थ हो “निकट” । अतः इशोपनिषद भन्नाले तपाई कृष्णको नजिक जानेवाला हुनुहुन्छ ।
विद्वान समाजमा वेदलाई श्रतिको रुपमा (प्रारम्भिक प्रमाण) मानिन्छ । यो वेद दुषित बद्ध जीवहरुको शोधकार्यद्वारा स्थापित ज्ञान होइन । मानिसहरुको इन्द्रियहरु अपूर्ण हुन्छ, अतः उनीहरु केवल सिद्धान्तको रवाफ लगाँउछन् । यस्तो हुन सक्दछ, उस्तो हुन सक्दछ । यो ज्ञान होइन । ज्ञान निश्चित हुन्छ, त्यसमा कुनै सन्देह वा त्रुटि रहदैन । वद्धजीवले हमेशा भुल गर्दछ, मोहग्रस्त हुन जान्छ र धोका दिने गर्दछ । उसले कसरी धोका दिन्छ ? जब कोही भागवदगीतालाई नबुझ्दा नबुझ्दै पनि त्यसमाथि टिका लेख्दछन् भने उसले अवोध जनलाई धोका दिएको हुन्छ । जो सँग यसद विद्वानको उपाधि हुन्छ भने उसले भागवदगीताको लोकप्रियताको लाभ उठाएर टिका लेख्दछ । परन्तु भागवदगीतामा श्री कृष्ण भन्नुहुन्छ कि केवल मेरो भक्तले मात्र भागवदगीतालाई बुझ्न सक्दछ । अतः यी तथाकथित विद्वान जनहरुले धोका दिएका छन् ।
निष्कर्ष यो हो कि यदि तपाई प्रामाणिक गुरुको पास जानु पर्दछ जसले परम सत्यलाई जानेका छन् ।
श्रोत : प्रकृतिको नियम (पृष्ठ २८)
श्री श्रीमद ए सी भक्तिवेदान्त स्वामी प्रभुपाद

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das