इस्कोनद्वारा बाग्लुङ्गमा भगवद् विज्ञान गोष्ठी सुसम्पन्न

-सरीता भण्डारी:
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को बाग्लुङ्ग बेस शाखाले यहि माघ ४ गते देखि ६ गतेसम्म भगवद् विज्ञान गोष्ठी आयोजना गरेको छ । बेलुकी ३ः३० देखि ६ः०० बजेसम्म भव्यताका साथ सुसम्पन्न उक्त गोष्ठी बाग्लुङ्ग बजारको राधाकृष्ण टोलमा अवस्थित राधाकृष्ण मन्दिरको सभाहलमा आयोजना गरिएको थियो । इस्कोनका युवा प्रचारक परमेश्वर अच्यूत दासले प्रशिक्षण गर्नुभएको उक्त सेमिनार बाग्लुङ्गमा आध्यात्मिक चेतना विकास गर्ने उद्घेश्य राखेर आयोजना गरिएको थियो ।

उक्त सेमिनारमा प्रथम दिनमा वेदमा वर्णीत खुसीका सूत्रहरु विषयमा परमेश्वर अच्यूत दासले प्रवचन गर्नुभएको थियो । दोस्रो दिनमा भगवानको अस्थित्वको वैज्ञानिक प्रमाणहरुको चर्चा भएको थियो भने तेस्रो दिनमा पथभ्रष्ठ सभ्यताको भण्डाभोर तथा मृत्युवरणको कला विषयमा प्रवचन तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा उल्लेख्य स्थानियवासीको सहभागिता देखिन्थ्यो । प्रथम दिनमा करिव १०० जनाको उपस्थिती भएको उक्त गोष्ठीमा दोस्रो दिनमा करिब २०० र तेस्रो दिनमा करिब ३०० व्यक्तिको सहभागिता भएको थियो । उक्त गोष्ठी भव्य हरिनाम संर्कीतन तथा सांस्कृतिक प्रस्तुतीसँगै सुसम्पन्न भएको थियो । इस्कोनको यो प्रयासको सहभागी स्थानिय वासीहरुले प्रशंसा गरेका थिए ।






0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das