श्रीमद्भगवद् गीताका ५ विषयहरु

श्रीमद्भगवद् गीतामा विषयहरुको वारेमा जानकारी दिइएको
ईश्वर
जीव
प्रकृती
४ काल
कर्म

अन्तराष्ट्रिय कृष्णभावनामृत संघका संस्थापक आचार्य सी भक्तिवेदान्त स्वामी श्रील प्रभुपादले बताउनुहुन्छ
भगवद्गीताको विषयवस्तु पाँच मौलिक सत्यमा आधारित छ । यसमा सर्वप्रथम ईश्वर–विज्ञानको चर्चा छ अनि जीवहरूको वैधानिक वा मौलिक स्वरूप बारे विवेचना गरिएको छ । ईश्वर छ, ईश्वर भनेको नियन्ता हो र जीव भनेको नियन्त्रित हो । अत: यदि कुुनै जीवले आफूलाई कसैबाट नियन्त्रित नभएको ठान्दछ र “म स्वतन्त्र छु” भन्ने ठान्छ भने त्यो पक्कै उन्मादी हो भन्ने बुझ्नुपर्दछ । जीव कुनै न कुनै प्रकारले सधैं नियन्त्रित छ, विशेष गरी बद्ध अवस्थामा त ऊ झन् नियन्त्रित हुन्छ । त्यसैले भगवद्गीताको विषयवस्तु पनि नियन्ता ईश्वर तथा नियन्त्रित जीवसँगै सम्बन्धित छ । यसमा प्रकृति, (भौतिक प्रकृति) काल (समस्त ब्रह्माण्डको समयावधि र प्रकृतिको उत्पति) र कर्मको पनि व्याख्या गरिएको छ । यो दृश्य जगत् विभिन्न कार्यकलापबाट ओत–प्रोत छ । सम्पूर्ण जीवहरू भिन्दा भिन्दै कर्ममा लागेका छन् । भगवद्गीताबाट हामीले कम्तीमा पनि ईश्वर के हो ? जीव के हो ? प्रकृति के हो ? दृश्य जगत् के हो ? यो सबै कालद्वारा कसरी नियन्त्रित छ ? अनि जीवहरूका कार्यकलाप के के हुन् ? आदि कुरा सिक्नुपर्दछ ।
श्रोत ः श्रीमद्भगवद् गीता यथारुप

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das