तमसोमा ज्योतिर्गमय .....

- परमेश्वर अच्यूत दास
कृष्ण सूर्यसमान माया हो अन्धकार ।
जहाँ कृष्ण त्यहाँ छैन मायाको अधिकार ।।

              वैदिक साहित्यमा प्रकाशको महत्व धेरै ठाउँहरुमा धेरै तरिकाले दर्शाइएको पाइन्छ – ज्ञानलाई ज्योति अज्ञानलाई अन्धकार, भगवानको निराकार स्वरुपलाई ज्योति, भगवद् विहिनतालाई अन्धकार, कृष्णलाई ज्योति मायालाई अन्धकार, दैवि गुणलाई ज्योति र दानवीयपनलाई अन्धकार । यसरी सरसर्ती हेर्दा आध्यात्मा अरु केही नभएर अन्धकारदेखि उज्यालोसम्मको यात्रा भन्ने बुझिन्छ ।
                यो संसारलाई किन अन्धकार भनियो जबकि यहाँ सूर्य, चन्द्र तथा ताराहरुको उज्यालो विद्यमान छ ? यो संसारलाई किन अन्धकार भनियो जबकि यो संसारमा बिजुली बत्ती छँदैछ, केही नभएपनि लाल्टिन र टुकी छँदैछन्, दाउरा त छँदै छन् । वास्तवमा वेद शास्त्रले भौतिकतालाई अन्धकार भनेको छ । र त , यो भौतिक अस्तित्वमा हामीले सूर्यको किरणका साथ पाएपनि अन्तरहृदयमा अन्धकारकै महसुस गरिरहेका छौं । ओठमा कृतिम हाँसो देखाएपनि हृदयको पीडा लुकाउन वाध्य छौं । दिनको उज्यालो मै पनि रातको अन्धकारमा जस्तै भयभित भएर बाँचिरहेका छौं । श्रीमद्भागवतम् ( १.२.९) मा बताइएको छ  धर्मस्थ हि अपवर्गस्य नार्थोअर्थो उपकल्पतेधर्मको उद्देश्य व्यक्तिलाई पवर्ग संसारबाट अपवर्ग संसारमा पु¥याउनु हो । भौतिक अस्थित्व पवर्ग संसार हो । देवनागरी लिपीमा प वर्ग अन्तरगत पर्ने प, फ, ब, भ र म ले यो संसारको अन्धकारमय लक्षणलाई व्यक्त गर्दछन् । ‘’ ले सूचित गर्छ भौतिक दौलत कमाउन गरिने गधाकोपरिश्रम, ‘’ ले सूचित गर्छ – अत्याधिक परिश्रमबाट मुखमा आउने फिँज, ‘’ ले सूचित गर्छ – भौतिक श्रमले उब्जाउने व्यर्थता र बन्धन, ‘’ ले सूचित गर्छ – कठोर परिश्रम गर्दागर्दै तथा मुखको खोजी गर्दागर्दै अनायासै मिल्ने ‘भय’ र ‘म’ ले सूचित गर्छ – मृत्यु ।
जस्तो
                       यहाँ स्पष्त रुपमा देखिन्छ कि पूरै भौतिक अस्तित्व भनेको अन्धकारको उपज हो । भौतिक अस्तित्व यस मानेमा अन्धकार हो कि यहाँ पानीको माछा जमिनमा आएर छटपटाउँदा जुन अन्धकारको महसुस गर्छ त्यस्तै अँध्यारो आध्यात्मिक जगतबाट भौतिक जगतमा गिरेका जीवले गर्दछन् । जसरी माछाका लागि ज्याती भनेको पानी हो त्यसै गरेर समस्त जीवनका लागि आध्यात्मा । पानीबाट जमिनमा आएको माछा जसरी दुःखले छटपटाउँछ त्यसैगरी आज यस संसारमा हरेक व्यक्ति छट्पटाइरहेका छन् ।
भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीता ८.१५ मा बताउनु हुन्छ –
मामुपत्ये पुनर्जन्म दुःखालयमशाश्वतम् । नाप्नुवन्ति महान्मनः संसिद्धि परमां गताः ।।
अर्थात् ः मलाई प्राप्त गर्ने भक्तियोगी महापुरुषहरु दुःखै दुःखले पूर्ण यो अनित्य जगतमा फेरि कहिल्यै फर्केर आउँदैनन् किनभने तिनीहरुले परमसिद्घि प्राप्त गरिसकेका हुन्छन् ।
यहाँ भगवानले यो संसारलाई दुःखको घर अर्थात् दुखालय बताउनु भएको छ । यो संसारमा दुःख नै दुःख छ । जुन कुरालाई हामी सुख भन्ने भ्रम पालेर बसिरहेका छौं । यो सुख हुँदै होइन् दुःखको क्षणिक कमिलाई संसारमा सुख भनिने गरेका छौं । उदाहरणका लागि शारिरिक चोट लाग्दा हामीले दुखाई कम गर्ने उबष्ल पष्ििभच औषधी खान्छौं । त्यस्ता औषधीले मानसिक तन्तुलाई केही निस्क्रिय पारिदिन्छन् र हामीले दुःख घटेको महसुस गर्छौं । यहि स्थितिलाई अर्को शब्दमा सुख भन्ने गरेको पाइन्छ । यो संसारमा वास्तविक सुख त छँदै छैन् । दुःखको क्षणिक कमिलाई सुख भन्ने गरिन्छ यहाँ । अतः औषधीको प्रभाव सिद्धिने वित्तिकै फेरि दुःखको महसुस हुने गर्छ । यसरी हेर्दा भौतिक जगतमा सुखपछि दुःख र दुःखपछि सुख आइरहने प्रकृया हुन् –
भगवद्गीता २.१४ मा भगवान श्रीकृष्णले भन्नुहुन्छ
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोनित्यास्तांस्तितिक्षस्व भारत ।।
अर्थात् , हे कुन्तीपुत्र दुःख र सुख भन्ने कुरा कालक्रममा आउने र जाने जाडो र गर्मी जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन् ,अतः हे भरतवंशी अर्जुन यस्ता क’रालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्दछ ।
           अतः यो संसारमा वास्तविक सुख छँदै छैन । एकपटक एक जना व्यक्ति बिरामी भई अस्पताल गए । रिपोर्ट बताउनु अगाडि चिकित्सकले बिरामीलाई भने – एउटा सुखद समाचार छ र अर्को दुःखद । पहिले सुखद समाचार सुनाऊँ कि दुःखद भनेर चिकित्सकले सोद्धा बिरामीले पहिले दुःखद सुन्ने इच्छा गरे । चिकित्सकले बताए कि  दुःखद समाचार भनेको रिपोर्टमा घातक क्यान्सर देखिएको हुनाले उनको आयु अब केवल १ महिना मात्रै बाँकी छ । चिकित्सकले सुखद् समाचार पनि बताउँदै भने कि उनलाई बिर्सने रोज ९ब्शिष्mभच० पनि  भएकाले भर्खर भनेको कुरा केही घण्टा मै बिर्सिनेछन् यो प्रसङ्गमा चिकित्सकले एक रोगलाई सुख र अर्को रोगलाई दुःखको संज्ञा दिन्छन् जबकी वास्तविकतामा दुवै रोग दुःख हुन् । अतः यो संसारमा वास्तविक सुख त छँदै छैन । यो संसार त दुःखै दुःखले निर्मित घर हो –
जन्ममृत्यु, जराव्याधीदुःखदोषानुदर्शनम (भ.गी.१३.९) अर्थात, जन्म , मृत्यु , बूढेसकाल र रोगजन्य दुःख ।
अतः यो संसार अन्धकारमय छ । यसको ठीक विपरित आध्यात्मिक संसार उज्जवल छ । त्यहाँ सूर्य, चन्द्र बिना नै सदैव प्रकाश विद्यमान छ –
न तद्भासमते सूर्यो  न शशाङ्को न पावक ।
यद्गत्वा न निवर्तन्ते तद्घाम परमं मम ।। (अर्थात् त्यो मेरो परमधाम न सूर्यद्घारा न चन्द्रद्घारा न अग्नि बा विद्यतद्घारा नै प्रकाशित हुन्छ । जो त्यहाँ पुग्दछन् तिनीहरु फेरि कहिल्यै यस पृथ्वीमा फर्केर आउँदैनन् ।
अर्थात त्यो  संसार स्वयम प्रकाशित छ । मायावादी तथा निराकारवादीहरुले भगवान केवल  ब्रह्मज्योति हो भनेर दावी गर्छन् तर ब्रह्मज्योति त भगवान श्रीकृष्णको सच्चिदानन्दमय शरीरबाट निस्केको प्रकाश मात्रै हो । आध्यात्मिक जगत जन्म, मृत्यू रोग बूढेशकाल, आदि दैविक क्लेश आदि भौतिक क्लेश तथा आध्यात्मिक क्लेशबाट मुक्त छ । त्यहाँ केवल पूर्ण नित्यता छ, पूर्ण ज्ञान र पूर्ण आनन्द छ ।
वैदिक साहित्यले त्यही अक्षर लोकलाई तथा भगवान श्रकिृष्णलाई ज्योतीसँग तुलना गरेको छ । त्यो नै हरेक जीवको परम गन्तव्य हो – किनकी जीवेर स्वरुप हय कृष्णेर नित्यदास । जसरी माछा पानीको सागर महासागरभित्र पाइने एक अंश हो त्यस्तै जीव भगवान श्रीकृष्णको अंश र नित्य सेवक हो । यसरी अन्धकारमय भौतिकताबाट प्रकाशमय आध्यात्मिकतातर्फ आजैदेखि अग्रसर बन्ने संकल्प गरौं । नित्य जप गरौं – हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे र सदा खुशी रहौँ, अन्धकारदेखि ज्योति तर्फ यात्रा शुरु गरौं । तमसोमा ज्योतिर्गमय ......... श्रील प्रभुपाद की जय !

(Article published on Back To Godhead Magazine , writer : Paramesvara Acyuta Das)

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das