के बैष्णब शिबद्रोही हुन?

वल्लभ चैतन्य दास (ईस्कोन) :::

बैष्णबले त भगवान शिबजीलाई मान्दैनन नी......
स्पष्टिकरण:
यो कुरा सधै याद राखौं:
"जुन बैष्णव सम्प्रदायले अथवा जुन व्यक्तिले आफुलाई बैष्णव भनि समाजमा चिनाउछ, यदि त्यस्ता सम्प्रदाय वा व्यक्तिले
भगवान शिबजीको निन्दा गर्छ वा भगवान शिबजीलाई मान्दिन भन्छ वा कुनैपनि प्रकारको शिबद्रोह गर्दछ भने त्यस्ता सम्प्रदाय वा व्यक्ति एक नम्बरको झुठाहा, नराधम, अधर्मी, शास्त्र नबुझेको र पाखण्डी हो। शिबद्रोही बैष्णब हुनै सक्दैन, हुनै सक्दैन, हुनै सक्दैन।अस्तु:।"
शिब तत्व के हो ?
***************************
भगवान शिबको चरणमा यस तुच्छ जीवको शिर सधै नतमस्तक रहोस|
भगवान शिब, गोलोक निबासी भगवान श्रीकृष्ण गोबिन्द नै हुन् अर्थात भगवान श्रीकृष्ण कै स्वान्श बिस्तार हुनुहुन्छ |
"रुद्राणाम शन्करा च अश्मि"
भगवान श्रीकृष्ण भागवत गीता १०-२३
अर्थात
"समस्त रुद्रहरूमा म शिब हूँ।"
भगवान शिबजी को हुन र के गर्छन भन्ने ब्याख्या श्रीमद भागवतमको यो(५-१७-१६)को श्लोकले प्रष्ट गरेको छ:
"भवानी-नथैह स्त्री-गणरबुदा-सहश्रैर
अभारुध्यमान: भगवता: चतुर्मुर्त्यर
महा-पुरुषस्य तुरियम तामसिम मुर्तिम
प्रकृतिम आत्मान: शन्कर्षन-समज्नाम
आत्मा-समाधि-रुपेन सन्निधप्यतद
अभिग्रनान भव उपधाभति"
-श्रीमद भागवतम ५-१७-१६
अर्थात
"भवानी माताकी दशौं-हजारौ स्त्रींगनाहरूबाट धेरिएर सेवित भएका, महापुरुष(भगवान श्रीकृष्ण)का चतुर्व्युह बिस्तारका चौथा तामस बिस्तार भगवान शन्कर्षण जसको स्रोत हो, त्यस्ता भगवान भव(शिबजी) आफ्ना मूल भगवान शंकर्षणको ध्यान र पूजा गर्छन।"
वास्तवमा भगवान श्रीकृष्ण सबैका मूल हुन। "अहं सर्वस्व प्रभव: मत्त: सर्व प्रबर्तते(म सबैको प्रभु हूँ। मबाट नै सबै उत्पन्न हुन्छन।)" -भगवान श्रीकृष्ण गीता १०-८। त्यसपछि भगवान श्रीकृष्ण "बलराम"मा बिस्तार भए। त्यसपछि "बलराम" माथिको श्लोकमा उल्ल्लेख गरिए झै चतुर्ब्यूह (अनिरुद्ध, बसुदेब, प्रद्युम्न, शन्कर्षण)मा बिस्तार भए। यहा चौथा शक्ति शन्कर्षणको अभिप्राय नाश गर्ने भएकाले उनि तमो गुणी शक्ति मानिन्छन्। यहि भगवान शन्कर्षण नै रुद्र शक्तिका मूल हुन, भगवान शिवका मूल हून, स्रोत हुन अर्थात शन्कर्षण नै शिबजीमा बिस्तार भएका हुन। शिबजी सधै भगवान शन्कर्षणकै ध्यान,जप र पूजामा मग्न रहन्छन।शन्कर्षण भनेकै बलरामका बिस्तार हुन भने बलराम श्रीकृष्णकै बिस्तार हुनुहुन्छ। यसरी जसरी एक दीयोबाट अनेकौ दीयो बल्छ त्यसैगरी भगवान श्रीकृष्ण नै भगवान शिबजीमा बिस्तार भएका हुन।
ब्रह्म संहिता सनातन धर्मको अति महत्वपुर्ण ग्रन्थ हो जसलाई भगवान श्री चैतन्य महाप्रभुले यसको ५ औ अध्याय दक्षिण भारतको तामिलनाडु राज्यको आदि केशब मन्दिर बाट प्राप्त गर्नु भएको थियो|
ब्रह्म संहिता ५ औ अध्यायको ४५ औ श्लोकमा ब्रह्माजीले स्तुति गर्नुहुन्छ :
"क्षिरम यथा दधि बिकारबिशेषयोगात
संजायाते न हि तत: प्रिथगस्ती हेतो: |
य: शम्भुतामापी तथा समुपैती कार्याद
गोबिन्द मादि पुरुषम तमहम भजामी|"
अर्थात:
जसरी दुध खटाई/जामुन आदिको संयोगबाट दहीमा बदलिञ्छ तैपनि आफ्नो उपादान-कारण न दुध बराबर हुञ्छ वा पृथक नै त्यसैगरी संहार हेतु जो शम्भुमा परिणत भए त्यस्ता आदिपुरुष भगवान गोविन्दको म भजन गर्दछु |
यस श्लोकले प्रष्ट भन्छ कि महेश धामका अधिष्ठाता, शम्भु, भगवान कृष्णदेखि भिन्न कुनै दितिय भगवान होइनन| भगवान कृष्ण र शम्भुलाई फरक फरक देख्ने र भेद्बुद्धि राख्नेहरुले भगवान प्रति घोर अपराध गर्दछन| जसरी एक दीयोबाट बिभिन्न दीयो बालिन्छ त्यसैगरी पहिलो दीयो गोलोकी भगवान श्रीकृष्ण नै संहारहेतु शम्भुमा बिस्तार भएका हुन्।
शम्भुको ईश्वरता गोविन्दको ईश्वरताको अधिन छ, यसैकारणले यी दुईमा भेद छैन | यो अभिन्नता यो तथ्यले प्रतिपादित हुञ्छ कि जसरी खटाई/जामुनको संसर्गले दुध दहिमा परिणत हुन्छ त्यसै प्रकार स्वयम् गोलोकी भगवान श्रीकृष्ण गोबिन्द एक बिशेष प्रकारको संस्पर्षद्वारा पृथक उप-व्यक्तित्व धारण गर्दछन | यस नया व्यक्तित्वको कुनै स्वतन्त्र आचरण हुदैन| मायाको तमोगुण, तटस्थ शक्तिको लघुताको गुण, चित्त शक्तिको ल्हादिनी मिश्रित सम्बिद गुण.. यी तीनको सम्रिश्रणबाट विकारको तत्व बन्दछ | यस बिकार बिशेषले युक्त स्वान्सभावाबासस्वरुप नै सदा-शिब हुन् , जो ज्योतिर्मय शम्भुलिङ्ग रुपमा रहनछन र जसबाट रुद्रदेब प्रकट हुन्छन|
श्रीमद भागवतम १२-१३-१६ मा "भगवान शिब(शम्भो) सबैभन्दा ठूला वैष्णब हुन" "बैश्णभम यथा शम्भो" भनेर लेखिएको छ जसको तात्पर्य यो हो कि गोबिन्दाको ईच्छा अनुशार, शम्भु आफ्नो कालशक्तिद्वारा आफ्नी संगिनी दुर्गादेबीका साथ् कार्य गर्नुहुञ्छ र तन्त्रादी आदिको विकासद्वारा भक्ति लाभ हेतु धर्मको शिक्षा दिनुहुञ्छ| यसरी शम्भु, गोविन्दको स्वान्स भावापन्न बिभिन्नान्श स्वरुप हो | जड सृष्टिको कार्यमा संहारको कार्य हेतु भगवान श्री कृष्ण गोबिन्द स्वयम् आफैलाई शम्भु रुपी गुण अवतारको रुपमा अभिव्यक्त गर्नुहुञ्छ |
हरे कृष्ण,
हर हर महादेव
source :Vallava Chaitanya Das , ISKCON (From FACEBOOK)

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das