गीता' पढेपछि जोर्डन बने गोवर्धन


हेमन्त काफ्ले


इसाइहरुको महान चाड क्रिशमसको चहलपहलले रंगिएको बेला एक हुल कृष्णभक्तहरु सिड्नीको टाउन हलवरपर गीताको महत्व दर्शाउन ब्यस्त थिए । लाग्थ्यो, क्रिशमसको रंगले उनीहरुलाई छोएको छैन । 
गीताको अठारौँ अध्यायको एउटा स्लोक (सर्वधर्मान्परित्यज्य मोमेक शरण ब्रज । अंह त्वा सर्वपापेभ्यो मोक्षयी क्ष्यामीमा शुच ।) सबै धर्म छाडि मेरै शरणमा पर, तिम्रो पापमा हर्छु छोड परी भर, भनेझै कृष्णभक्तहरुको ठूलो भिड् यतिखेर अस्ट्रेलियामा हिन्दुत्वको प्रचारमा लागेको छ । करिब आठ हजारको संख्यामा कृष्णभक्तहरु अस्ट्रेलियामा छरिएर रहेका होलान् । दुर्इ ठूला मन्दिर, गोकुलधाम र अन्य केही सेन्टरहरु यतिखेर इस्कोनले सन्चालन गर्दै जाँदा गीता र कृष्णभक्तहरु बढ्दै गएको उनीहरुको ठम्माइ छ ।
इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस(इस्कोन)को अनुयायीहरु ठूलो संख्यामा सिड्नीका प्रमुख शहरहरुमा कृष्ण र हिन्दुत्वको प्रचारमा जुटेका छन्। सिड्नीको ब्यस्त बजार टाउनहलमा गीताको अंग्रेजी संस्करण बाड्दै गरेका अजी युवा जोर्डन यतिखेर गोर्वधनको नाममा चिनिन्छन् । उनी प्रारम्भमा लागूपर्दाथको लतमा फसेपछि केही कृष्णभक्तको संगतमा पुगेका थिए । गीताको अध्यन र इस्कोनको संगतले जोर्डनले लागुपदार्थमा मात्र छाडेनन्,उनी साच्चिकै कृष्णभक्त बने । गीताको अध्यन गरे , अनि हाम्रो संगतले उनी अहिले सामान्य जीवन यापन गरेर गिता प्रचारमा जुटेका छन्, उनका साथी अंश संघदासले सुनाए । 
बास्तबमा जोर्डनवाट गोर्वधन बनेका यी युवाको अनुहारमा कुनै खिन्नता थिएन केवल प्रशन्नता भने अधिक । उनी भन्दै थिए-यति गरिरहँदा मनमा सकुन मिलेको छ र गीताको ज्ञानले चमत्कार । 
फिजीका अंश संघदास पनि गीताको अध्यन अनि इस्कोनको प्रचारमा ब्यस्त छन् । उनीहरु भजन किर्तन र कृष्ण महिमामै दिन बिताउँछन् । नर्थ सिड्नीमा रहेको कृष्ण मन्दिर अस्ट्रेलियाकै ठूलो मन्दिरभित्र पर्दछ ।  सिड्नीवाट करिब डेढ घण्टाको मोटरवाटोमा रहेको गोकुलधाम उनीहरुको प्रमुख तीर्थस्थल हो । ठूलो संख्यामा अस्ट्रेलियामा रहेका नेपालीहरु पनि कृष्णमन्दिर र गोकुलधामको दर्शनमा जाने गर्दछन् । 
भागवत गीता र कृष्ण चरित्रका किताबहरु च्यापेर सिड्नीमा घुमेका यी युवाहरुको समान बिचार छ । गीताको सार पढेपछि हामीले अरु कुनै धर्म कर्म अनि बिधि बिधान पढ्नु पर्दैन । यो नै जीवनको सार हो , अनि पृथ्बीको ज्ञानको भण्डार हो ,अंश संघदासले सुनाए । 
हुन त धार्मिक स्वतन्त्रताको नमुना मानिने अस्ट्रेलियामा बहुसंस्कृतिक समुदायको प्रभुत्व रहेको कारण पनि सबैले आआफ्नै कर्म र धर्म रोज्न पाउँछन् । क्रिष्टियनहरुको बाहुल्यता रहेको अस्ट्रेलियामा, मुस्लिम, हिन्दू , बुद्धिष्ट लगायतका धर्मालम्बीहरु रहेका छन्।  फरक नामले चिनिन चाहेका एक नेपाली युवा यतिखेर नर्थ सिड्नीको कृष्ण मन्दिरमा कृष्णभक्त भएर बसेका छन् । उनलाई मनले हैन घरले भने कहिलेकाँही अप्ठ्यारो पारेको छ , उनी भन्छन-ज्ञान र भक्ति भावले जीवन सरल र सहजरुपमा अगाडि बढेको छ तर नेपालमा रहेका परिवारले भने केही चिन्ता गर्छन् कि भन्ने डरले सताउँछ । तर पनि उनले आफ्नो भक्तिभावमा कुनै कमि आउन दिएका छैनन् अनि दिनरात जुटेका छन् कृष्णभक्ति प्रचारमा ।
Source : http://global.setopati.com/australia/1362/ 

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das