BREAKING NEWS
blog

728x90

header-ad

468x60

header-ad

कैदीलाई गीता वितरण

गीता जयन्तीको अवसर पारेर नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले यही मिती २०७३ मङसिर २७ गते सोमवारका दिन बागलुङ जिल्ला कारागारका ८० जना कैदीसहित कारागारका कर्मचारीलाई १०० थान श्रीमद्भगवद्गीता यथारुप, १०० थान  लीलापुरुषोत्तम श्रीकृष्ण १५० थान धर्म नामक ग्रन्थ वितरण गरेको
बागलुङ जिल्ला कारागारको संयोजन तथा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाको आयोजनामा गरिएको गीता वितरण कार्यक्रममा इस्कोन नेपालका सुप्रसिद्घ यूवा प्रचारक तथा बागलुङ शाखाका अध्यक्ष श्री परमेश्वर अच्यूत दासले श्रीमद्भगवद्गीताको महत्वमाथी प्रकाश पार्दै गीता जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने ग्रन्थ भएकाले कैदीहरुमा पनि सकारात्मक जीवन पद्घती अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो गीतालाई केवल धर्मसँग मात्र नजोडेर विज्ञानसम्मत रुपमा अध्ययन गर्नु आजको समाजको सबैभन्दा ठूलो आवश्यकता हो , उहाँले थप्नुभयो
भजन कीर्तन तथा प्रवचनमा कैदीहरु रमाउँदै कृतज्ञता व्यक्त गरेका थिए कैदीहरुमा सकरात्मक परिवर्तनका लागि मनोबल बढाउन गीताको ज्ञानले अवश्य पनि सहायता पुर्याउनेछ इस्कोनले ग्रन्थ वितरणको माध्यमबाट समाजमा असाध्यै राम्रो काम गरेको जिल्ला कारागार बागलुङका जेलर शरदकुमार पौडेलले बताउनुभयो कार्यक्रममा मन्तव्यका क्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाका श्री भागवतसेवादासले श्रीमद्भगवद्गीता यथारुप हरेक व्यक्तीसँग हुनै पर्ने पढनै पर्ने ग्रन्थ हो भन्दै सबैले गीतालाई आत्मासाथ गर्न अनुरोध गर्नुभयो ग्रन्थ वितरण सँगसँगै कारागारका कैदीहरुलाई फलफुल पनि वितरण भएको थियो इस्कोनका संस्थापक आचार्य .सी.भक्तिवेदान्त स्वामी श्रील प्रभुपादले विश्वभरि नै श्रीमद्भगवद्गीता यथारुप वितरण गर्न दिनुभएको निर्देशन अनुरुप इस्कोनले विश्वभरि नै बर्षेनी लाखौँको संख्यामा श्रीमद्भगवद्गीता लगायतका वैदिक ग्रन्थहरु वितरण गर्दै आएको

« PREV
NEXT »

No comments