गाउँभरि श्रीमद्भगवद्गीता वितरण

२०७४ माघ २६ , पर्वत
                   नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाले फागुन २६ गते शनिवारका दिन पर्वत जिल्लाको पाङ सिउडिनीमा ३०० वटा गीता वितरण गरेको छ । विश्वभरि नै श्रीमद्भगवद्गीताको वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको इस्कोनले धौलागिरीमा पनि सक्रियताका साथ गीता वितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
                         स्वर्गीय पिता गंगा प्रसाद सुवेदीको स्मृतीमा उहाँका छोरा पाङ सिउडिनी निवासी गोविन्द प्रसाद सुवेदीले रु.नब्बे हजार छपाई लागत पर्ने तीन सयवटा श्रीमद्भगवद्गीताको प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाका प्रमुख परमेश्वर अच्युत दासले गीतालाई  मनुष्य जीवनको निर्देशिका पुस्तकको रुपमा लिएर सोही अनुरुप सबैले अध्ययन गरेमा सहजै दिव्य खुसी तथा शान्तिको अनुभव गर्न सकिने कुरा बताएका थिए ।  श्रीमद्भगवद्गीता वितरण कार्यक्रममा उपस्थित स्थानीयवासीले  भजन कीर्तन गाएका थिए भने उपस्थित सबैलाई फलफूल प्रसाद वितरण पनि गरिएको  थियो ।
अनौपचारिक रुपमा धौलागिरीमा एक घर एक श्रीमद्भगवद्गीता कार्यक्रमलाई अगाडि बढाइरहेको इस्कोन बागलुङ शाखाले गीताको प्रायोजक मिलेमा छिट्टै औपचारिक रुपमा घोषणा गर्ने बताएको थियो । गीताले धर्मको मर्म बुझ्न सहायता पुर्याउने हुँदा गीता वितरणको माध्यमबाट धर्मको रक्षा हुनुका साथै धर्मको नाममा हुने विकृती हटाउन पनि सहायता पुग्ने विश्वास गरिएको छ ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das