हरे कृष्ण लाई टोलवासीको माया

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को बागलुङ शाखालाई शाखा रहेको टोल शिवधाराचोकका छिमेकीहरुले मादल लगायतका बाध्यवादनका सामाग्रीहरु उपहार दिएका छन् । बागलुङ बजारमा नगर हरिनाम संकीर्तन कार्यक्रम तथा अन्य धार्मिक महत्वका कार्यक्रमहरु गरिरहने इस्कोन बागलुङ शाखाका भक्तहरुलाई टोलवासीले थप प्रेरणा प्रदान गर्ने उद्देश्यले धार्मिक महत्वका मादल लगायतका बाध्यवादनका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
इस्कोनले साप्ताहिक रुपमा हरेक शनिवार आयोजना गर्दै आएको  ‘कृष्ण भक्ति – शनिवारीय उत्सव ’ कार्यक्रमको अवसर पारेर टोलवासीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । “हरेकृष्णका भाईहरुले धर्मसंस्कृतीको जगेर्ना गर्न अनुकरणीय कार्य गर्दै आएकोे हुनाले उहाँहरुलाई थप हौसला प्रदान गर्नका लागि छिमेकीको रुपमा हामीहरुलाई पनि इस्कोनका कार्यक्रमहरुमा सहभागी हुन् मन लाग्छ” टोलवासी ऋतु श्रेष्ठले बताईन् । मन्तव्यकै क्रममा अर्की टोलवासी कमला केसीले मादल नेपाली संस्कृतीको अभिन्न अंग भएकाले इस्कोनको सांस्कृतीक अभियानमा ऐक्यवद्धता जनाउन मादल हस्तान्तरण गरेको बताईन् । कार्यक्रममा मन्तव्य राख्दै इस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युत दासले टोलवासीलाई धन्यवाद दिँदै इस्कोनले सक्रियताका साथ अगाडि बढाइरहेको हरिनाम संकीर्तनमा सहभागी हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा स्थानीय भाकामा भजन पनि गाइएको थियो । इस्कोनले हरेक शनिवार दिउँसो २ वजेबाट ५ बजेसम्म शिवधाराचोकमा रहेको सत्संग हलमा ‘कृष्ण भक्ति– शनिवारीय उत्सव ’ कार्यक्रमको आयोजना गर्दै आएको छ । इस्कोनले यस्तो साप्ताहिक कार्यक्रममा श्रीमद्भगवद् गीताको प्रवचन, भजन कीर्तन , नृत्य , नाटक लगायतका धार्मिक कृयाकलापका साथै उपस्थित सहभागिहरुलाई निःशुल्क प्रसादम् वितरण पनि गर्दै आएको छ ।



0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das